काठमाडौं, ७ चैत । काठमाडौं महानगरपालिका नजिकै रहेको गुलाब स्वीटस् र होटल सालिमारमा भीषण आगलागी भएको छ । बुधबार साँझ उक्त आगलागी भएको हो ।

Advertisement

अन्डरग्राउण्डमा रहेको जेनेरेटर पड्किएर आगलागी भएको बताइएको छ ।  प्रहरीका अनुसार आगलागी शुरु भएको स्थानमा गुलाबको कोइला भण्डार रहेको थियो । आगलागी पछि त्यहाँ फँसेका १३ जनाको उद्दार गरिएको छ । मानवीय क्षतिको कुनै विवरण छैन ।

अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका वारुण यन्त्रसहित नेपाली सेना र प्रहरी टोली आगलागी नियन्त्रणको प्रयासमा रहेका छन् ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!