अनलाइनखबर

रामेछाप,८ चैत । बिहीबार सुरु भएको एसईई परीक्षामा रामेछाप जिल्लाको धोवी परीक्षा केन्द्रबाट एक किरियापुत्रीले परीक्षा दिएका छन् ।

झटेश्वर मावि परीक्षा केन्द्रबाट ५ दिनका किरियापुत्री सवन महतले परीक्षा दिएको स्रोत व्यक्ति वीरेन्द्र सहनीले बताए ।

Advertisement

मन्थली माविका विद्यार्थी महतका बाबुको ५ दिनअघि मृत्यु भएको थियो । कठजोरस्थित निलकण्ठेश्वर मावि स्रोत केन्द्रबाट परीक्षा दिनुपर्ने महतलाई घर नजिक पर्ने झटेश्वर मावि परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाएको हो ।

उनले झटेश्वर मावि परीक्षा केन्द्रबाट परी दिए पनि उत्तरपुस्तिका निलकण्ठेश्वर परीक्षा केन्द्रमा लगिने स्रोत व्यक्ति सहनीले बताए ।

यस वर्षको एसईई परीक्षामा रामेछाप जिल्लाबाट १ हजार ७ सय ६७ छात्र र २ हजार ८३ छात्रा गरी कुल ३ हजार ८ सय ५० विद्यार्थीले परीक्षा दिएका छन् ।

जिल्लामा २१ वटा परीक्षा केन्द्रमा पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सकिएको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!