भूकम्पपीडितले अझै पाएनन् निब्र्याजी ऋण
काठमाडौँ, २८ माघ । सरकारले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि दिएको अनुदान रकम अपुग भएमा आवास निर्माणका लागि थप ऋण दिने कार्यक्रम ल्याए पनि सो प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।
यसअघि सरकारले भूकम्पमा पूर्णरुपमा घर क्षति भएकालाई रु तीन लाख अनुदान घोषणा गरेकामा यही माघ १० गतेको मन्त्रिपरिषद् बैठकले रु एक लाख थप गर्ने निर्णय गरेको थियो ।
भूकम्पलगत्तै अनुदानबाहेक आवश्यकताअनुसार...




























