भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

रुकुम, ११ फागुन । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका उहाँले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो । सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले...
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

काठमाडौँ, ११ फागुन । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सञ्चालनमा रहेका बसको डिजल इन्जिनले प्रतिकिलोमिटर १६ रुपैयाँ ८० पैसाको इन्धन खपत गर्छ भने विद्युत्बाट चल्ने बसले प्रतिकिलोमिटर १२ रुपैयाँ ९६ पैसाको विद्युत् खपत गर्छ । पेट्रोलियम प...
माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै

माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै

वीरगञ्ज, ११ फागुन। ‘शिव मठ पर राम खेलैए होली......’ वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा यस्ता माधुर्यता र प्रेमभावका यस्ता होली गीत गाउने चलन हराउँदै गएको छ । पश्चिमी पर्साको बन्जारे बस्ने ६० वर्षीय राम अधिन पुख्र्यौली मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी छन् । उनी भन्छन् – “पहिले पहिले वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि टोल टो...
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

चितवन, ११ फागुन। आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो । उनीहरु...
मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

काठमाडौँ, ११ फागुन। नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजको बैठकले मन्त्रिमण्डल...
फागु पर्व आजदेखि प्रारम्भ

फागु पर्व आजदेखि प्रारम्भ

काठमाडौँ, ११ फागुन। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ । वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । यही फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व म...
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ, ११ फागुन। ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्र...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्र...
छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घा...
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

काठमाडौँ, ११ फागुन। मन्त्रिपरिषदकाे आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी...
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

इलाम, ११ फागुन । इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् । सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको ...
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित

दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित

जितपुर, कपिलवस्तु, ११ फागुन। नेपाल–भारतको सीमानाकामा पर्ने यहाँको दशगजास्थित कृष्णनगर क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा बजारनै प्रदूषित बन्न थालेको छ । दुवै देशको सीमामा रहेको दशगजा खुल्ला भएपछि यहाँका व्यवसायी र स्थानीयले सोही क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुन पुगेको हो । यसले गर्दा दुवै देशका नागरिक फोहरबाट निस्कने दुर्गन्धले ...
सवारी चालकको आँखा परीक्षण गरिने

सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा, ११ फागुन। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइय...
धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने

धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने

धनकुटा, ११ फागुन । धनकुटामा क्रियासिल पत्रकार रमेशचन्द्र अधिकारीलाई यस वर्षको हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । झापाको अर्जुनधारास्थित जंगबीर गोभाजु श्रेष्ठ प्रतिष्ठान बुट्टाबारीले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानको आठौं वार्षिकीको अवसर पारेर फागुन १९ गते झापामा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संस्थापक बाबुराम श्रेष्ठ (वर्षा) ...
सरकारी कर्मचारीलाई विदेश भ्रमणमा रोक

सरकारी कर्मचारीलाई विदेश भ्रमणमा रोक

काठमाण्डौ, ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारीको सम्पुर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन विहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिव ३ सय ५० सकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ । कर्मचा...
नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन। नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अव...
मन्त्रालय बाँडफाँड प्रस्ताव

मन्त्रालय बाँडफाँड प्रस्ताव

काठमाण्डौ, ११ फागुन । एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले अर्थ र परराष्ट्रसहित १० र माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने प्रारम्भिक समझदारी गरेका हुन् । यद्यपि, छलफल अझै जारी रहेकाले अन्तिमसम्म प्रारम्भिक बाँडफाँड हेरफेर हुन सक्ने दुवै पार्टीका नेताहरूको भनाइ छ । प्रधानमन्त्रीनिवास बा...
१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

डोटी, ११ फागुन। कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन...
२०७४ फागुन ११ गते शुक्रबारको राशिफल

२०७४ फागुन ११ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल फागुन ११ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २१:५४ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले क...
अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

काबुल, अफगानिस्तान, १० फागुन। अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् । बागरामका जिल्ला प्रशासन प्रमुख अब्दु...
महिलालाई दिल्ली लान खोज्ने भारतीय नागरिक पक्राउ

महिलालाई दिल्ली लान खोज्ने भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा, १० फागुन। प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिनुभयो । झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको दे...
गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

काठमाडौँ, १० फागुन । मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ । कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको बैठकले सरकारले तोकेको मात्राभन्दा बढी विषादीयुक्त तरकारी एवं फलफूलको उपभोग र आयातलाई निरुत्साहन गर्न त्यस्ता वस्तुलाई जफत तथा नियन्त्रण गर्ने नि...
पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद

पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद

काठमाडौँ, १० फागुन। विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना ...
दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, तीन जना घाइते

दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, तीन जना घाइते

काठमाडौं, १० फागुन । दैलेखको गैडावाज हुँदै महाबुका लागि छुटेको बोलेरो डबल क्याप जीप ओखरेनीढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् । चार जनाको मृत्यु भएपनि पहिचान भने हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको ...
कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन। नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो । रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूच...
रेडियोमा लाईभ गर्दागर्दै जन्मियो बच्चा

रेडियोमा लाईभ गर्दागर्दै जन्मियो बच्चा

काठमाडौं, १० फागुन। रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्...
अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन् । त्यसो त रोटी पकाउन गहुँकै आँटा चाहिन्छ भन्ने छैन । विगतमा गहुँका अलावा अरु अन्नहरु पनि प्रयोग हुन्थे । यस्तै वैकल्पिक अन्न हो जौ । रोटीका लागि जौको आँटा प्रयोग गर्नु सुरक्षित र स्वास्थ्यवर्द्धक हुन्छ । के कस्ता फाइदा...
इम्बोस्ड नम्बर प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १० फागुन। सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो । अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ ७ दिन लिखित जवाफसहित आउन भनेको छ । यातायात व्यवस्था विभागले भदौ ५ बाट सवारी साधनमा इम्बोस्...
मन्त्रिपरिषद्ममा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

मन्त्रिपरिषद्ममा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

काठमाडौँ, १० फागुन। महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको हो । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवा...
महिलाको श्रम र पहिचान स्थापनाको माग

महिलाको श्रम र पहिचान स्थापनाको माग

काठमाडौँ, १० फागुन। महिलाको श्रम र पहिचान स्थापनाका लागि १० बुँदे घोषणापत्र तथा नौ बुँदे आचारसंहिता जारी गर्दै प्रदेश नं ३ स्तरीय सम्मेलन आज सम्पन्न भएको छ । महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले आयोजना गरेको सो सम्मेलन फागुन ८, ९ र १० गतेसम्म काठमाडौँमा आयोजना भएको थियो । महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, महिला मानवअधिकारकर्मी, महिलाका लाग...
इटिकेटिङ शुरु गर्दै साझा यातायात

इटिकेटिङ शुरु गर्दै साझा यातायात

ललितपुर, १० फागुन ।  साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उहाँले बताउनुभयो । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबा...
error: Content is protected !!