महोत्तरीमा महिलाको विभत्स हत्या

महोत्तरीमा महिलाको विभत्स हत्या

गौशाला, २२ चैत । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्माको विभत्स हत्या भएको हो । सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४ स्थित मटिहानी जनकपुर सडकखण्डको पूर्वतिर सडक छेउको खाल्डोमा हत्या ...
मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता

मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता

कालिकोट, २२ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ । सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम  श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ । शाहीले ६ वर्षदेखि निरन्तर विशिष्ट श्...
सातै प्रदेशका उत्पादनको बिक्रीकेन्द्र काठमाण्डौमा

सातै प्रदेशका उत्पादनको बिक्रीकेन्द्र काठमाण्डौमा

सरकारले सातै प्रदेशका उत्पादनलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले राजधानीको बत्तिसपुतलीमा अन्तर्राष्ट्रियस्तरको बिक्रीकेन्द्र सञ्चालन गर्ने भएको छ। सातै प्रदेशका उत्पादनहरुलाई भिन्दाभिन्दै क्लस्टर बनाइ स्वदेशीसँगै विदेशी पर्यटकसमेतलाई लक्षित गरी केन्द्र सञ्चालन गर्न लागिएको हो। बत्तिसपुतलीमा रहेको १० रोपनी जग्गामा केन्द्र सञ्चालनको प्रक्रिया अगाडि बढेको छ। यो बिक्रीकेन्द्र सञ्चालनमा आएपछि ग...
‘लगानी अयोग्य’ भन्दै थ्री गर्जेज बाहिरिने संकेत

‘लगानी अयोग्य’ भन्दै थ्री गर्जेज बाहिरिने संकेत

काठमाडौं, २२ चैत। चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ। छ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई अघिल्लो साता दिएको प्रतिवेदनमा जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी नेपालको नीतिका कारण कुनै पनि हालतमा आयोजना अघि बढाउन नसकिने जिकिर गरेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद ...
डरलाग्दो यौनहिंसा: चार महिनामा ७८ बालिका बलात्कृत

डरलाग्दो यौनहिंसा: चार महिनामा ७८ बालिका बलात्कृत

काठमाडौं, २२ चैत। पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै गएका छन् । अवस्था दर्दनाक हुदै गइरहेको छ । आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन् । शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत बालिका बलात्कार गरी हत्या ...
दुई नाबालिकामाथि जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ

दुई नाबालिकामाथि जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ

कंचनपुर, २२ चैत । कंचनपुरको भीमदत्त नगरपालिका– १० गड्डाचौकीका २१ वर्षीय किसन नाथलाई प्रहरीले बुधबार नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ। नाथले जिमुवाका दुई नाबालिकालाई जबर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। दुवै नाबालिकालाई नाथले दुई दिनअघि ललाईफकाई जबर्जस्ती करणी गरेको उनले...
पार्टी घोषणा तयारी समिति बनाउँदै एमाले–माओवादी

पार्टी घोषणा तयारी समिति बनाउँदै एमाले–माओवादी

काठमाडौ, २२ चैत । एमाले र माओवादीले एकीकृत पार्टी घोषणा तयारीका लागि समिति बनाउँदै छन् । विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज (बिहीबार) बिहान ९ बजे बालुवाटारमा डाकिएको छ । बिहीबार विवादित दुई विषयमा सहमति जुटे पार्टी घोषणासभाको तयारीका लागि दुवै पार्टीका नेता सम्मिलित एउटा समिति बनाउने...
प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

काठमाडौं, २२ चैत। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए । कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पार...
२०७४ चैत २२ गते बिहीबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत २२ गते बिहीबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत २२ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल ५ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– पञ्चमी, १९:३४ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु...
स्थानीय जनप्रतिनिधि र कर्मचारीले वैदेशिक भ्रमणमा जानुअघि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने

स्थानीय जनप्रतिनिधि र कर्मचारीले वैदेशिक भ्रमणमा जानुअघि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने

काठमाडौँ, २१ चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई वैदेशिक भ्रमणमा जानुअघि मन्त्रालयबाट अनिवार्य रुपमा मनोनयन स्वीकृति लिन निर्देशन दिएको छ । नियमावली स्वीकृति नभएसम्म स्थानीय तहका पदाधिकारी र कर्मचारीले औचित्यता, सान्दर्भिकता, मितव्ययिता र पदीय मर्यादालाई समेत ख्याल गरी वैदेशिक भ्रमणको निर्णय लिनुपर्ने पक्षलाई हेक्का गर्न मन्त्रालयले ध्यानाकर्षण...
महालक्ष्मीको मुलखर्कमा एकिकृत घुम्ती शिविर, गाउँमै सेवा पाएपछि स्थानीय हर्षित

महालक्ष्मीको मुलखर्कमा एकिकृत घुम्ती शिविर, गाउँमै सेवा पाएपछि स्थानीय हर्षित

धनकुटा, २१ चैत । सर्वसाधरणलाई गाउँमै सेवा दिने उद्देश्यले महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा बुधबारदेखि एकिकृत घुम्ती शिविर सुरु भएको छ । मुलखर्क स्थित शारदा माध्यमिक बिद्यालयमा आयोजित शिविरको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले उद्घाटन गरेका छन् । शिविर उद्घाटन गर्दै मेयर नेपालले दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । महालक्ष्मी नगरपालिक...
धनकुटाको गोकुण्डेश्वरमा नयाँ प्रविधि भित्र्याइयो

धनकुटाको गोकुण्डेश्वरमा नयाँ प्रविधि भित्र्याइयो

धनकुटा, २१ चैत । धनकुटा नगरपालिका–६ मा रहेको माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालयले टल्किङ टिचर प्रविधि भित्र्याएको छ । अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा कार्यक्रम गरी विद्यालयले उक्त प्रविधि सर्वजनिक गरेको हो । वदलिदो विश्व परिवेस अनुसार आधुनिक प्रविधि मार्फत शिक्षालाई विश्वव्यापी शिक्षाको मुलधारमा ल्याउने उद्धेश्यले जिल्लामा पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याईएको विद्यालयका ...
एमाले नेता भेटवालको पशुपति आर्यघाटमा अन्त्येष्टि

एमाले नेता भेटवालको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ, २१ चैत । अर्बुद रोगबाट दिवङ्गत नेकपा (एमाले) का नेता तथा पूर्वसांसद जागृतप्रसाद भेटवालको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । भेटवाललाई उहाँका कान्छा भाइ विनोदले दागबत्ती दिनुभएको थियो । अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलिका लागि अपराह्न २ः०० देखि ४ः३० बजेसम्म एमाले मुख्यालय धूम्रबाराहीमा उहाँको पार्थिव शरीर राखिएको थियो । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्याल...
सम्पत्ति, बजेट तथा कार्यक्रम हस्तान्तरण गर्न मन्त्रालयको निर्देशन

सम्पत्ति, बजेट तथा कार्यक्रम हस्तान्तरण गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, २१ चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी र चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रमको हस्तान्तरण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको सेवा प्रवाहलाई छिटो छरितो तथा प्रभावकारी बनाउन कर्मचारी र स्रोतसाधनको व्यवस्था गर्न मन्त्रालयले यस किसिमको कामलाई अघि बढाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन भए...
युवामा पशुपालनको आकर्षण, गुरुङले दुध बेचेरै कमाउँछन मासिक २ लाख

युवामा पशुपालनको आकर्षण, गुरुङले दुध बेचेरै कमाउँछन मासिक २ लाख

धनकुटा, २१ चैत । पछिल्लो समय धनकुटाका युवाहरु व्यावसायिक पशुपालनमा आकर्षित भएर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ यसको गतिलो उदाहरण हुन् । गुरुङले गाईको दुध बिक्रि गरी मासिक २ लाखसम्म आम्दानी गर्दै आएका छन् । नजिकैको कामधेन दुग्ध सहकारी संस्थाको दुध संकलन केन्द्रमा दैनिक २ सय लिटर दुध बिक्री गर्दै आएका गुरुङले अव दैनिक ५ सय लिटर दुध बिक्रि गर्ने ...
प्रमको भारत भ्रमण: पञ्चेश्वर आयोजना प्राथमिकतामा

प्रमको भारत भ्रमण: पञ्चेश्वर आयोजना प्राथमिकतामा

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनाका बारेमा छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखि चर्चामा सीमित सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)का विषयमा आवश्यक सहमति जुटाउन भ्रमणका क्रममा पहल गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मंगलबार संघीय संस...
बुटवलका व्यवसायी बलु हत्याका मुख्य अभियुक्त पक्राउ

बुटवलका व्यवसायी बलु हत्याका मुख्य अभियुक्त पक्राउ

बुटवल, २१ चैत ।  रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्याका मुख्य अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । प्रहरीले व्यापारी पौडेल हत्याका मुख्य अभियुक्त सुभाष गुरुङलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजन...
छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

लमजुङ, २१ चैत । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ । ...
नेपाल र स्वीट्जरल्याण्डको संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ बन्ने

नेपाल र स्वीट्जरल्याण्डको संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ बन्ने

काठमाडौँ, २१ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकामा सभामुख कृष्णबहादुर म...
एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन

काठमाडौं, २१ चैत । नेकपा एमालेले सुवास नेम्वाङलाई संसदीय दलको उपनेता चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले संविधानसभाका पूर्वअध्यक्ष एवं सभामुख समेत रहिसक्नु भएका नेम्वाङलाई उपनेता बनाएको हो ।   त्यस्तै, संघीय संसद अन्तरगत प्रतिनिधिसभाकाे प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको नेता नेम्वाङले जानकारी दिए । बैठकमा प्रधानमन्त्री समेत...
४० लाख नगदसहित २ जना पक्राउ

४० लाख नगदसहित २ जना पक्राउ

वीरगञ्ज, २१ चैत । बारा प्रहरीले ४० लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । विहारका २२ वर्षीय गुड्डुकुमार र वीरगञ्ज १६ ईनर्वाका सन्तोष कुमार जयसवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना. ५४ प. १५४५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका गुड्डुको साथबाट ४० लाख बरामद भएको हो । उनले दुबै खुट्टाको पिडौंलामा ईलाष्टिकले बाँधेर एक हजारका ६०० थान (प्रत...
सरकारले निर्धक्क भएर काम गर्ने प्रधानमन्त्री ओलीकाे भनाइ

सरकारले निर्धक्क भएर काम गर्ने प्रधानमन्त्री ओलीकाे भनाइ

काठमाडौँ, २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन्। उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ। सरकार दायाँबायाँ अल्मलिने छैन। सबै क्षेत्रले सहयोग गर्नुहोस्।” राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्म...
८८ वर्ष अघि हराएको बुद्धको मूर्ति अमेरिकाबाट नेपाल ल्याइयो (भिडियोसहित)

८८ वर्ष अघि हराएको बुद्धको मूर्ति अमेरिकाबाट नेपाल ल्याइयो (भिडियोसहित)

काठमाडौँ, २१ चैत । सरकारले अमेरिकाको मेट्रो पोलिट्यान म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति फिर्ता ल्याएको छ। नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो। मेट्रो पोलिटन म्युजियमले आफूहरुको दावी पछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। विभागले मूर्ति फिर्ताका ला...
पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक

पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक

काठमाडौँ, २१ चैत । दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म  चार महिनाको अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो । समितिका का...
ओलीको भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीले दिए यस्तो सुझाव

ओलीको भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीले दिए यस्तो सुझाव

काठमाडौँ, २१ चैत।  पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्धामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उ...
घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

कलैया, २१ चैत । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उहाँलाई पक्राउ गरेको हो । टोलीले उहाँलाई आफूसंगै हेटौँडा लगिएको छ । एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसब...
नेकपा र मालेबीच पार्टी एकताको पहल शुरु

नेकपा र मालेबीच पार्टी एकताको पहल शुरु

काठमाडौँ, २१ चैत । नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल शुरु भएको छ । नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक हिजोदेखि बसेको सो पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त जनसंघर्ष लगायतका विषयमा वार्ता के...
मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द

मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द

धुलिखेल, २१ चैत। कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्द गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ । काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ । काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभा...
गस्तीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार

गस्तीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार

बनियानी, झापा, २१ चैत । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । राईको खुकुरी प्रह...
अन्तर–कोरियाली शिखर बैठकको तयारी

अन्तर–कोरियाली शिखर बैठकको तयारी

पानमुनजोम, कोरिया, २१ चैत । दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन । उनले अन्तर-कोरियाली शिखर बैठकका निम्ति यही गाउँको बाटो प्रयोग गर्दैछन् । दुई कोरिया अर्थात् उत्तर कोरिया र दक्षिण कोरियाको विभाजनको मुख्य बिन्दु नै पानमुनजोम हो । दुई कोरियाको विभा...
धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी, २१ चैत ।  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रु...
error: Content is protected !!