नरेन्द्र कश्चित

धनकुटा, २१ चैत । धनकुटा नगरपालिका–६ मा रहेको माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालयले टल्किङ टिचर प्रविधि भित्र्याएको छ । अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा कार्यक्रम गरी विद्यालयले उक्त प्रविधि सर्वजनिक गरेको हो ।

Advertisement

वदलिदो विश्व परिवेस अनुसार आधुनिक प्रविधि मार्फत शिक्षालाई विश्वव्यापी शिक्षाको मुलधारमा ल्याउने उद्धेश्यले जिल्लामा पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याईएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईले बताए । टल्किङ टिचर भनेको शैक्षिक जगतमा आधुनिक प्रविधि जडान गरिएको एक डिवाइस हो । यसमा टल्किङ पेन र टल्किङ बुकको माध्यमबाट श्रव्य तथा दृश्य मार्फत बालबालिकालाई शिक्षण सिकाइ क्रियाकलाप संचालन गरिन्छ ।

नेपाली तथा अंग्रेजी वर्णको अक्षर तथा शब्द भएको १७ वटा पाठ्य सामग्री र रमाइला राइमहरु यस डिवाइसमा रहेको क्रियाटिभ एडुटेन्टमेन्ट वल्र्ड प्राइभेट कम्पनिका बजार व्यवस्थापक कृष्ण उप्रेतिले जानकारी दिए । इण्डोनेसियन कम्पनिले विश्व बजारमा ल्याएको यो प्रबिधि नेपालमा ६ महिना अघि मात्र भित्रिएको हो । यसअघि काठमाडौ, हेटौडा, झापा र इलाममा यो प्रविधि प्रयोगमा ल्याईएको छ । यो प्रविधिको प्रयोगबाट वालबालिकाले रमाइलो तरिकाबाट शिक्षा आर्जन गर्न सक्ने र शिक्षकलाईसमेत सहयोगि हुने विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटाले बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्धेश्यले धनकुटा नगरपालिकासँगको सहकार्यमा यो प्रविधि प्रयोगमा ल्याईएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!