
काठमाडौं, २१ चैत । नेकपा एमालेले सुवास नेम्वाङलाई संसदीय दलको उपनेता चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले संविधानसभाका पूर्वअध्यक्ष एवं सभामुख समेत रहिसक्नु भएका नेम्वाङलाई उपनेता बनाएको हो ।
त्यस्तै, संघीय संसद अन्तरगत प्रतिनिधिसभाकाे प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको नेता नेम्वाङले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङसहित तीनै जनाकाे नाम दलको बैठकमा प्रस्ताव राखेका थिए । नेम्वाङ, अधिकारी र चौधरी प्रतिनिधिसभाका सांसद हुन् ।
पार्टी एकताको प्रगति, आसन्न भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकका प्रधानमन्त्री ओलीले जानकारी गराएको नेता नेम्वाङले बताए । उनका अनुसार सांसदहरुलाई प्रधानमन्त्री ओलीले पार्टी एकताको सन्देश गाउँनगरसम्म पुर्याउन दिर्नेशन दिएका छन् । बैठकले जाग्रितप्रसाद भेटवालको सम्झनामा शोक प्रस्ताव पनि पारित गरेको छ ।


















