कंचनपुर, २२ चैत । कंचनपुरको भीमदत्त नगरपालिका– १० गड्डाचौकीका २१ वर्षीय किसन नाथलाई प्रहरीले बुधबार नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ।

नाथले जिमुवाका दुई नाबालिकालाई जबर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

Advertisement

दुवै नाबालिकालाई नाथले दुई दिनअघि ललाईफकाई जबर्जस्ती करणी गरेको उनले जनाए। नाथमाथि जबर्जस्ती करणी कसुरमा म्याद थप लिई अनुसन्धान भइरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!