सरकारले सातै प्रदेशका उत्पादनलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले राजधानीको बत्तिसपुतलीमा अन्तर्राष्ट्रियस्तरको बिक्रीकेन्द्र सञ्चालन गर्ने भएको छ।

Advertisement

सातै प्रदेशका उत्पादनहरुलाई भिन्दाभिन्दै क्लस्टर बनाइ स्वदेशीसँगै विदेशी पर्यटकसमेतलाई लक्षित गरी केन्द्र सञ्चालन गर्न लागिएको हो। बत्तिसपुतलीमा रहेको १० रोपनी जग्गामा केन्द्र सञ्चालनको प्रक्रिया अगाडि बढेको छ।

यो बिक्रीकेन्द्र सञ्चालनमा आएपछि गाउँगाउँका उत्पादनहरु राजधानीवासीले एकैठाउँबाट खरिद गर्न सक्नेछन्। उद्योगसचिव यामकुमारी खतिवडाले लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धन गर्न केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

उनका अनुसार देशभरका उत्पादनलाई राजधानील्याउन र उद्यम विकासमा केन्द्रले मद्दत पुर्‍याउनेछ। सबै प्रदेशका उत्पादन एकै ठाँउमा राखिने हुँदा प्रदेश–प्रदेशबीच प्रतिस्पर्धात्मक भावनाले उत्पादन बढाउन पनि सहयोग पुग्नेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!