काठमाडौँ, २१ चैत।  पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्धामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उनीहरुले सुझाव समेत दिएका छन् ।

Advertisement

आगामी शुक्रबार ३ दिने भ्रमणका लागि दिल्ली जानुअघि प्रधानमन्त्री ओलीले अनुभव साटासाट गर्न आज पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, लगायतसंग छलफल गरेका थिए। सुझाव दिने क्रममा पूर्व प्रधानमन्त्री एवं कंग्रेस सभापति शेर बहादुर देउवाले ओलीलाई भ्रमणको शुभकामना दिदै व्यापार घाटा कम गर्ने एजेण्डा उठाउन आग्रह गरे। पूर्व प्रधानमन्त्री एवं माओवाद्र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी गर्दा भारत संग बिग्रिएको सम्बन्ध संविधान कार्यन्वयनका क्रममा सुध्रने विश्वास व्यक्त गरे । उनले आर्थिक समृद्धि र स्थायित्वका लागि भ्रमण फलदायी हुने बताए ।

मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसंग पुरानै सोचले नयाँ सम्वन्ध कायम हुन नसक्ने बताए। उहाँले २१ औं सताब्दीको विश्व परिवेश अनुसार नेपाल र भारत सम्बन्ध विकास हुनुपर्ने बताए । पूर्व प्रधानमन्त्री माधव नेपालले भारतसंग नेपालको सम्बन्ध भाई भाई नभई मित्रताको हुनुपर्ने बताए। उनले भारतसंग नयाँसम्बन्ध भन्दा पनि यसअघि भएका पुराना सम्झौता कार्यन्वयनमा नेपालले जोड दिनुपर्ने बताए। नेपाललाई हेर्ने भारतीय सोंचमा परिवर्तन आएको भन्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुबै मुलुकलाई फाईदा हुनेगरि सन्धी सम्झौता हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओली प्रधानमन्त्री भए पश्चात आगामी शुक्रबार पहिलो विदेश भ्रमणका रुपमा भारत जाँदै छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदी लगायत उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले भारत भ्रमण विगतका सम्झौता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने भन्दै कुनै किसिमका गलत सहमति नगर्ने प्रतिवद्धता जनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!