लमजुङ, २१ चैत । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ ।

Advertisement

चट्याङ लागेर मृत्यु 

चट्याङ लागेर दोर्दी गाउँपालिका–६ कर्ती गाउँका बलबहादुर घलेको मृत्यु भएको छ ।

गाउँभन्दा एक घण्टा टाढा लेकमा गाईगोठमा बसेका बेला परेको चट्याङबाट चार गाई पनि मरेको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!