ईश्वर थापा/संगालोखबर

धनकुटा, २१ चैत । सर्वसाधरणलाई गाउँमै सेवा दिने उद्देश्यले महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा बुधबारदेखि एकिकृत घुम्ती शिविर सुरु भएको छ । मुलखर्क स्थित शारदा माध्यमिक बिद्यालयमा आयोजित शिविरको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले उद्घाटन गरेका छन् ।

शिविर उद्घाटन गर्दै मेयर नेपालले दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

Advertisement
स्थानीय बृद्धलाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गर्दै मेयर नेपाल ।

महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु भएको सिविरलाई जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरले साथ दिएका छन् ।

शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, महिला तथा बालबालिका कार्यालयबाट जेष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण गरिदैछ । जिल्ला स्वास्थ्य कार्यालयबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

त्यस्तै नोबेल अस्पतालबाट भिडियो एक्सरे, इसीजी, ल्यावटेष्ट लगायत विभिन्न १५ प्रकारका सेवा प्रदान गरिने महालक्ष्मी नगरपालिका कार्यालयका कम्प्युटर अपरेटर रमेश बुढाथोकीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार चार दिनसम्म सञ्चालन हुँने शिविरबाट दुर्गम भेगका सर्वसाधरण बढी लाभान्वित हुँनेछन् ।

अपांगता भएकी महिलालाई स्टेचरमै अपांगता प्रमाणपत्र प्रदान गरिदै ।

महालक्ष्मी नगरपालिकाकी उपमेयर मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठ, महालक्ष्मी–१ का वडाध्यक्ष टेकबहादुर गुरुङ, महालक्ष्मी–२ का वडाध्यक्ष ध्रुबराज राया लगायत पनि शिविरमा खटिएका छन् ।

गाउँमै सेवा पाएपछि स्थानीयबासी हर्षित बनेका छन् । अपांगता परिचयपत्र लिनका लागि स्टेचरमा ल्याईएकी स्थानीय यमकुमारी श्रेष्ठले गाउँमै सेवा पाउँदा धेरै राहत मिलेको प्रतिक्रिया दिएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!