डोल्पालीको अस्पताल बन्दै तातोपानी कुवाः भन्छन् ‘तातोपानी कुवामा नुहाएपछि शरीर दुख्ने रोग हरायो’

डोल्पालीको अस्पताल बन्दै तातोपानी कुवाः भन्छन् ‘तातोपानी कुवामा नुहाएपछि शरीर दुख्ने रोग हरायो’

त्रिपुराकोट, डोल्पा, २२ चैत ।  बिरामी पर्दा डोल्पाका अस्पतालमा सामान्य सिटामोलसम्म नपाउनु यहाँका जनताको नियति नै बनिसकेको छ । दुर्गम जिल्ला डोल्पाका सर्वसाधारणले वर्षौंदेखि स्वास्थ्योपचारका लागि विभिन्न प्रकारका समस्या भोग्दै आएका छन् । तर पछिल्लो समयमा डोल्पाली जनताको उपचार गर्ने अस्पतालका रुपमा बाफिलो तातोपानीका कुवा प्रयोग हुन थालेका छन् । यस्ता कुवामा जमिनको भित्री भागबाट नै तातो बाफयुक्त प...
प्रदेश १ मा ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर

प्रदेश १ मा ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर

विराटनगर, २२ चैत  । प्रदेश १ अन्न भण्डारका रुपमा परिचित छ । तर, पछिल्ला समयमा यो प्रदेशमा मुख्य खाद्यान्नका रुपमा रहेको धानको उत्पादन घट्दो क्रममा छ । प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो । धान खेती हुदै आएको जमिन मासिदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धानको खेतीपनि घटदै गएको हो । विशेष गरी बसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन...
विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा नेपाली कपडा उद्योग

विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा नेपाली कपडा उद्योग

ललितपुर, २२ चैत। कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् । बंगलादेश र भारतबाट आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा परेकोे हो । ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नम्बर–२ अध्यक्ष जुजुकाजी महर्जन भन्सार शुल्क बढी तिर्नुपर्ने, दक्ष जनशक्ति नपाइने र...
भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, २२ चैत । निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँग...
कपडा पसलमा आगलागी हुँदा दश लाखको क्षति

कपडा पसलमा आगलागी हुँदा दश लाखको क्षति

राजविराज, २२ चैत। सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब  १० लाखको क्षति भएको बताइएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र ...
आफ्नै १४ वर्षीया छोरीलाई धम्की दिँदै पटकपटक करणी गरेको अभियोगमा बुवा पक्राउ

आफ्नै १४ वर्षीया छोरीलाई धम्की दिँदै पटकपटक करणी गरेको अभियोगमा बुवा पक्राउ

काठमाडाैँ, २२ चैत । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा लमजुङमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार नगरपालिका ४ दुराडाँडाका ३५ वर्षका रामबहादुर (नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले जानकारी दिए । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्र...
कक्षा ११ र १२ को परीक्षा फारम नभरेकालाई अन्तिम मौका

कक्षा ११ र १२ को परीक्षा फारम नभरेकालाई अन्तिम मौका

काठमाडौं, २२ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेकालाई दोब्बर दस्तुर र जरिवाना सहित अन्तिम मौका दिने भएको छ । बुधबार बसेको बोर्डको बैठकले आगामी चैत २५ गतेभित्र बुझाउन मौका दिन निर्णय गरेको हो । बोर्डका अनुसार देशभर ५ सय ५८ विद्यार्थीहरुले परीक्षा फारम भर्न छुटाएका छन् । बार्डले गरेको निर्णय अनुसार प्रति विद्यार्थी प्रति कक्षा दोब्बर १ हजार २ सय का दरले शुल्क...
बम पड्काई क्षति गराएको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

बम पड्काई क्षति गराएको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

सिन्धुली,२२ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सिन्धुली मकवानपुर तथा सिन्धुली सर्लाही सीमाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता कपिल वाइवा नाम गरेका शेरबहादुर वाइवालाई हरिहरपुरगढी र मकवानपुरको सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो । अ...
बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

सुरुङ्गा, झापा, २२ चैत ।  राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना...
विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी: मुख्यमन्त्री राई

विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी: मुख्यमन्त्री राई

विराटनगर, २२ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघद्वारा आज  आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उहाँले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताउनुभयो ।...
आगलागीबाट चालीस लाखको क्षति

आगलागीबाट चालीस लाखको क्षति

विराटनगर, २२ चैत । मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको  ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ ।स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा ...
साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

मस्को, २२ चैत । एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ । यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छोडेका मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ । रुसी राजधानी मस्कोबाट प्राप्त समाचारअनुसार रुसले देश निकाला गरेका ६०...
अदालत र प्रशासनले मात्रै जबर्जस्ती करणीको घटना रोक्न सक्दैन: मुख्य न्यायाधीश शर्मा

अदालत र प्रशासनले मात्रै जबर्जस्ती करणीको घटना रोक्न सक्दैन: मुख्य न्यायाधीश शर्मा

भक्तपुर, २२ चैत । भक्तपुर जिल्लामा प्रत्येक वर्ष जबर्जस्ती करणीको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको करणीका घटनाको तथ्यांकअनुसार विगत ३ वर्षमा भक्तपुरमा ५८ जना महिला जबर्जस्ती करणीको घटनामा पीडित भएका छन् । परिसरले आयोजना गरेको ‘जबर्जस्ती करणी अपराध विश्लेषण तथा अनुसन्धान’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रहरीले ३ वर्षको अवधिमा २५ जनामाथि करणीको प्रयास भएको तथ्यां...
इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

मंगलबारे, इलाम, २२ चैत ।  इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् । जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाक...
२ बर्षको सजाय सुनाइएपछि सलमान धरौटीमा रिहा

२ बर्षको सजाय सुनाइएपछि सलमान धरौटीमा रिहा

काठमाडौं, २२ चैत । बलिउड नायक सलमान खानलाई २० बर्ष पुरानो ‘कालो हरिण शिकार’को मुद्दामा जोधपुर अदालतले दोषी ठहर गर्दै २ बर्षको सजाय सुनाएको छ । तर, सजाय आएलगतै सलमान धरौटी तिरेर रिहा भएका छन् । यो मुद्दामा सलमानसँगै आरोपी रहेका अन्य कलाकारहरु सैफ अली खान, निलम, तब्बु र सोनाली बेन्द्रेलाई भने अदालतले क्लिन चिट दिएको छ । ३ बर्ष भन्दा बढीको जेल सजाय भएको भए सलमानले एक रात भएपनि जेलमै बिताउनु पर्ने...
राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

तेह्रथुम, २२ चैत । गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् । माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो । यतिबेला टिएमजेमा गुर...
धनुषामा बम विस्फोट, एक महिला घाइते

धनुषामा बम विस्फोट, एक महिला घाइते

महेन्द्रनगर, धनुषा, २२ चैत । धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो । धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षी...
फेसबुक: ८ करोडभन्दा बढी प्रयोगकर्ताका विवरण दुरुपयोग

फेसबुक: ८ करोडभन्दा बढी प्रयोगकर्ताका विवरण दुरुपयोग

काठमाडौं, २२ चैत ।  केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्श दातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ । तीमध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ । गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए । फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुह...
बन्धुको कार्यक्रममा यसरी मच्चाए धुर्मुसले धमाका (भिडियो)

बन्धुको कार्यक्रममा यसरी मच्चाए धुर्मुसले धमाका (भिडियो)

विराटनगरमा जमरकट्टेलबन्धुको कार्यक्रममा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले दर्शकलाई यसरी हसाए । भिडियो हेर्नुहोस्... सम्बन्धित समाचार... जमरकट्टेल वंश एकता प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तली र अर्पणलाई सम्मान, फाउण्डेसनलाई सहयोग
ओलीको भारत भ्रमणको टोलीबाट विनोद चौधरी हटाइए, यस्तो छ रहस्य

ओलीको भारत भ्रमणको टोलीबाट विनोद चौधरी हटाइए, यस्तो छ रहस्य

काठमाडौं, २२ चैत। प्रधानमन्त्री केपी ओलीको आगामी चैत २३ देखि २५ सम्मको भारत भ्रमणको टोलीबाट अर्बपति, नेपाली काँग्रेसका सांसद विनोद चौधरी विनोद चौधरीको नाम हटाइएको छ । नेपालका एकमात्रै खर्बपति चौधरीको नाम काँग्रेसकै भएका कारण हटाइएको जनाइएको छ । यसअघि एमालेबाट सांसद बनेका चौधरी कम्युनिष्ट पार्टीहरूप्रतिको वितृष्णाका कारण कांग्रेस प्रवेश गरेका थिए ।  प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भार...
कालो हरिण शिकारको फैसला आज, सलमान जेल जान सक्ने

कालो हरिण शिकारको फैसला आज, सलमान जेल जान सक्ने

काठमाडौं, २२ चैत। बलिउड अभिनेता सलमान खानमाथि लागेको कालो हिरण शिकार मुद्दाको फैसला आज हुँदैछ। सलमानले ६ वर्षको सजाय भोग्नु पर्छ वा सफाइ पाउछन् भन्ने निर्णय आज अदालतले गर्नेछन्। मार्च २८ मा यस मुद्दामा सिजेएस ग्रामिण देवकुमार खत्रीको इजलासले सुनुवाइ गरेको थियो। त्यसपछि न्यायाधिसको फैसला सुरक्षिण राखिएको थियो। कालो हरिण शिकारको मुद्दामा अभिनेता सलमानसँगै सैफ अली खान, अभिनेत्री निलम, सोनाली र तब्ब...
वैशाखदेखि रारामा फ्रि वाइफाई

वैशाखदेखि रारामा फ्रि वाइफाई

सुर्खेत, २२ चैत । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लाग...
बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र

बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र

बुटवल, २२ चैत । बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र पारिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र पारेको छ । लुम्बिनी विकास कोषले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५०१ सदस्यीय मूलसमारोह समिति र विभिन्न १३ वटा उपसमिति निर्माण गरेर काम थालेको हो । वैशाख १५ र १६ गते अन्तर्राष्ट्रि...
प्रमको भारत भ्रमण: इनर्जी बैंकिङलाई विशेष जोड

प्रमको भारत भ्रमण: इनर्जी बैंकिङलाई विशेष जोड

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो । नेपाल विद्युत् प्राधिकरण...
चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

खोटाङ, २२ चैत । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पता...
यी हुन सामाजिक सञ्जालमा भाईरल भएका तस्वीर

यी हुन सामाजिक सञ्जालमा भाईरल भएका तस्वीर

कहिले काँही सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्वीरहरु हामीले कलेक्शन गरेर दखाउँदैछौँ । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी तस्वीर समाजिक संञ्जालमा निकै भाइरल भएका छन् ।
वेश्यालयमा प्रहरीको छापा, पाँचजना नेपाली युवतीको उद्धार

वेश्यालयमा प्रहरीको छापा, पाँचजना नेपाली युवतीको उद्धार

नयाँदिल्ली, २२ चैत । भारतको आगरास्थित एक वेश्यालयबाट भारतीय प्रहरीले यौन कार्यमा संलग्न पाँच नेपाली महिलाहरूलाई उद्धार गरेको छ । आगरास्थित एक वेश्यालयमा प्रहरीले छापामारेर तीन नेपाली महिला र युवतीहरूको उद्धार गरेको हो । छापामार्ने क्रममा प्रहरीले नौजना महिलाको उद्धार गरेको थियो । स्थानीय प्रहरीले उद्धार गरिएका किशोरीहरूलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको जनाएको छ । कोठी संचालकलाई पनि पक्...
चट्याङ लागेर भोजपुरमा एक जनाको ज्यान गयो

चट्याङ लागेर भोजपुरमा एक जनाको ज्यान गयो

भोजपुर, २२ चैत ।  भोजपुरमा चट्याङ लागेर बुधबार साँझ एक जनाको ज्यान गएको छ । पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा साँझ ५ बजेतिर ४० बर्षिया तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पानीपरेसँगै घरमा बसिरहेकी घिमिरेलाई चट्याङ्ले टाउँको र घाँटीमा चोट लागेको थियो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।  
८ स्वस्थ्य बानी, जसले शरीरमा रोग लाग्न दिंदैन

८ स्वस्थ्य बानी, जसले शरीरमा रोग लाग्न दिंदैन

रोग किन लाग्छ ? यसको सोझो जवाफ हो, हाम्रो आफ्नै कमजोरीले । अर्थात खानपान, दिनचर्या आदिमा गरिने गडबडी । हामी दिनदिनै रोगी हुँदैछौं । रोगी कसको कारणले हुँदैछौ ? जवाफ हो, आफ्नै कारणले । खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ । बाह्य खासगरी वातवरणिय कारणले पनि हामीलाई कमजोर बनाउँछ । कतिपय अवस्थामा बंशानुगत कारण हामी रोगी बन्छौं । तर, त्यो भन्दा बढी चाहि हामी आफ्नै खराब जीवनशैलीको कारण रोगी ब...
सेनाले चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

सेनाले चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

लिबाङ, रोल्पा, २२ चैत । बर्षौदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानम...
मनमोहक शुक्लाफाँटा निकुञ्ज: थोरै क्षेत्रफलमा धेरै बाघ

मनमोहक शुक्लाफाँटा निकुञ्ज: थोरै क्षेत्रफलमा धेरै बाघ

भीमदत्तनगर, २२ चैत।  अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ । पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो । घाँसे मैदानको वरपर पलाँसका रुख यतिबेला पहेँलपुर भएका छन् । पलाँसको फूलले शुक्लाफाँटा निकुञ्ज घुम्न आउने जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छ । घा...
error: Content is protected !!