प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ ।
अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा का...




























