समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

काठमाडौँ, १० फागुन । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन । सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भ...
प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

काठमाडौँ, १० फागुन ।  नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ । ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि काठमाडाँैको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो । विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक...
जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर, १० फागुन ।  अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो ...
तीन जिल्ला जोड्ने सडक निर्माण  रोकिएपछी स्थानीय आन्दोलित

तीन जिल्ला जोड्ने सडक निर्माण रोकिएपछी स्थानीय आन्दोलित

भक्तपुर, १० फागुन । भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ । जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो । सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर्माणमा कार्यालयले रोक लगाएपछि आक्रोशित स्थानीयले उक्त सडकमा दुई दि...
अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

संयुक्त राष्ट्रसंघ, १० फागुन ।  संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्काे विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उहाँले बताउनु भएको छ । पूर्व महासचिव मुनले भन्नुभयो– राष्ट्रसंघको स्थापनापछि नै विश्व...
शाहसिक खेल प्याराग्लाइडिङ शुरु भएसँगै धरानमा पर्यटकको आकर्षण बढयो

शाहसिक खेल प्याराग्लाइडिङ शुरु भएसँगै धरानमा पर्यटकको आकर्षण बढयो

इनरुवा, १० फागुन ।  शाहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् । मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उड...
नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

इस्लामावाद, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा उहाँले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ । स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेन्चको नेतृत...
निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

पथरी, मोरङ, १० फागुन । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो ब...
सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै

सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै

ललितपुर, १० फागुन ।  लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ । पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये सुन्दरी चोक सबैभन्दा कलात्मक चोक रहेको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । परम्परागत भित्ताहरु जस्ताको तस्तै छाडेर र भुइँमा लिपपोत गरेर सङ्ग्रहालयलाई परम्परागत स्वरुप दिइएको छ । मठ प्लास्टर गरिएका भित्तामा सामान्य मर्मत मात्र...
बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथर, १० फागुन ।  पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फ...
एमबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

एमबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न...
प्रदेश नं २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

प्रदेश नं २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

महेन्द्रनगर, धनुषा, १० फागुन ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुहुनेछ । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका ...
भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

रत्ननगर, चितवन, १० फागुन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । सुनौलीबाट काठमाडौँ जाँदै गरेको बि...
राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका ६ भ्रातृसंस्थाले चर्काए आन्दोलन

राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका ६ भ्रातृसंस्थाले चर्काए आन्दोलन

काठमाडौं, १० फागुन । कांग्रेसका भातृसंस्थाहरूले कांग्रेस नेतृत्वको निवर्तमान सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका व्यक्तिलाई राष्ट्रपतिले मनोनयन नगर्नु संविधानको मर्म र भावनाविपरीत भएको आरोप लगाएका छन् । उनीहरूले बुधबार काठमाडौंमा पत्रकारसम्मेलन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध संघर्षको चेतावनी दिएका छन् । संविधानविपरीत सरकारपिच्छे फरक–फरक व्यवहार गर्दै राष्ट्रपति भण...
प्रदेश १ काे राजधानी सुरक्षित बनाउन मुख्यमन्त्रीको निर्देशन

प्रदेश १ काे राजधानी सुरक्षित बनाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर, १० फागुन । प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई सुरक्षित बनाउन सिसिटिभी जडानदेखि सवारी व्यवस्थापनसम्मको काम सुरु गरिएको छ । मुख्यमन्त्री शेरधन राईको निर्देशनमा काम थालिएको प्रमुख सचिव यादव कोइरालाले बताए । मुख्यमन्त्रीको कार्यालयमा गत ७ फागुनमा भएको सर्वपक्षीय छलफलमा विराटनगरलाई सुरक्षित बनाउन आवश्यक रणनीति तयार पार्न र कार्यान्वयन गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका थिए । ट्राफि...
शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

दाङ, १० फागुन । बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया ) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुभ्mने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस...
बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कै...
२०७४ फागुन १० गते बिहीबारको राशिफल

२०७४ फागुन १० गते बिहीबारको राशिफल

मेष– पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला । वृष– ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । मिथुन– व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला । कर्कट– स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । सिंह– परिश्रमअनुसार उपलब्धि...
फागुन अन्तिममा धनकुटा महोत्सव हुने

फागुन अन्तिममा धनकुटा महोत्सव हुने

धनकुटा, ९ फागुन । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव फागुन अन्तिममा हुने भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य सघंले बुधबार पत्रकार सम्मेलन गरि धनकुटामा फागुन २० देखि ३० गतेसम्म मेला, प्रदर्शनी एवं महोत्सव गर्ने जानकारी दिएको हो । यसअघि माघ २९ देखि फागुन १० गतेसम्म सञ्चालन गर्ने भनिएपनि प्रादेशिक राजधानी आन्दोलन लगायत कारणले महोत्सव सारिएको आयोजकले जनाएको छ । ...
नोबेलमा सफल भयो विश्वकै दुर्लभ र जटिल शल्यक्रिया (भिडियो रिपोर्टसहित)

नोबेलमा सफल भयो विश्वकै दुर्लभ र जटिल शल्यक्रिया (भिडियो रिपोर्टसहित)

बिराटनगर, ९ फागुन । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चौकका ४२ बर्षीय हिरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो । आचार्यको एन्यूरिजम (मस्तिस्क भित्रको नसामा बनेको रगतको पोका फुटेको) र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालले जनाएको छ । यस्तो शल्यक्रिया वि...
प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

काठमाडौँ, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सरकारको म...
कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइनेः प्रम ओली

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइनेः प्रम ओली

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ । आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को यहाँ उद्घाटन गदै उहाँले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताउनु भएको हो । ‘‘नेपालको राष्...
डीपीएल अक्सन: चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

डीपीएल अक्सन: चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

काठमाडौँ, ९ फागुन । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो । त्य...
डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?

डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?

काठमाडौं, ९ फागुन । चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ जना खेलाडी खरिद गरे। राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा सहभागी हुन कुल १९२ जनाले आबेदन दिएका थिए भने १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो। खेलाडीहरुलाई ४ वटा श्रेणीमा छुट्याएर अक्सन गरिएको थियो। बिहान ८:३० बजे देख...
डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ«े बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धा...
मुख्यमन्त्री भट्टको आवास निजी घरमा

मुख्यमन्त्री भट्टको आवास निजी घरमा

कैलाली, ९ फागुन । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको छ । उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताउनुभयो । मुख्यमन्त्री भट्टको आवासको टुङ्...
भारतमा भएको दुर्घटनामा आठको मृत्यु

भारतमा भएको दुर्घटनामा आठको मृत्यु

नयाँदिल्ली, ९ फागुन । भारतको तेलङ्गनामा दुई वटा कार एक आपसमा ठक्कर खाँदा बुधबार कम्तीमा आठ जनाको मृत्यु भएको छ । “हैदरावादबाट कुर्नुल जाँदै गरेको एउटा कार सडकको अर्को भागमा पल्टीयो, अनि त्यसलाई त्यही भागको विपरित दिशाबाट आइरहेको अर्को कारले ठक्कर दियो र सडक दुर्घटना भयो” एक जना वरिष्ठ प्रहरी अधिकारीले भने । दुर्घटनापछि तीन जना महिलासहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा घाइते भई अस्...
पुराना दलबाट मुलुकले निकास पाउँदैन: डा भट्टराई

पुराना दलबाट मुलुकले निकास पाउँदैन: डा भट्टराई

लुम्बिनी, ९ फागुन ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उहाँले भन्नुभयो —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो छ ।” पूर्वप्रधानम...
देशकै सर्बाधिक धनराशीको डीपीएल अक्सन हुँदै, कति हुनेछ खेलाडीको मूल्य

देशकै सर्बाधिक धनराशीको डीपीएल अक्सन हुँदै, कति हुनेछ खेलाडीको मूल्य

काठमाडौं, ९ फागुन । चैत्र ५ देखि १९ गते सम्म आयोजना हुने देशकै सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिगको खेलाडी चयन गर्न अक्सन बुधबार हुँदैछ। डिपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार अक्सनमा १९२ जनाले आबेदन दिएका छन् भने १२ जना खेलाडीहरु ट्यालेन्ट हन्टमार्फत अक्सनमा सहभागी हुनेछन्। गत बर्ष अक्सन हुँदाको दृश्य अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको छ। ‘ए...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

खजुरा, बाँके, ९ फागुन ।  विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टल...
रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए

आर्बिन, सिरिया ९ फागुन । दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ । विद्रोहीको बलियो प्रभाव रहेको यस इलाकाम...
error: Content is protected !!