कालिकोट, २२ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ ।

Advertisement

सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम  श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ । शाहीले ६ वर्षदेखि निरन्तर विशिष्ट श्रेणीको घाइतेले पाउने मासिक १२ हजार चार सय रुपैयाँ जीवननिर्वाह भत्ता लिँदै आएका छन् ।

जीवननिर्वाह भत्ता लिने क्रम उनी सभासद् तथा ऊर्जामन्त्री हुँदा पनि कायम थियो । स्थानीय शान्ति समिति कालिकोटले सशस्त्र द्वन्द्वका बेला घाइते भएका एक सय ३४ जनालाई भत्ताका लागि सिफारिस गरे पनि उनीहरूले राहत पाएका छैनन् ।

सरकारले प्रदान गरेको जीवननिर्वाह भत्ता लिनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित ६५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले शाहीको राष्ट्रिय वाणिज्य बैंक काठमाडौंको खाता नं. १४३०००२१२८५१० मा हरेक महिना १२ हजार चार सयका दरले चौमासिक रूपमा भुक्तानी दिँदै आएको छ । स्रोतका अनुसार यो वर्षको कात्तिकमा पनि उनको खातामा रकम गइसकेको छ । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!