आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं, २४ फागुन । आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्...
स्नातकोत्तरका लागि महायज्ञबाट एक करोड संकलन

स्नातकोत्तरका लागि महायज्ञबाट एक करोड संकलन

ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा  एक करोडभन्दा बढी आर्थिक संकलन भएको छ । स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट कूल रु एक करोड ८५ लाख ३२४ संकलन भएको आर्थिक प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ । सोमध्ये रु ७७ लाख १५ हजार ११६...
जिल्लामा सीडीअाे नै शक्तिशाली

जिल्लामा सीडीअाे नै शक्तिशाली

काठमाडौं,२४  फागुन । संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । समाचार अनुसार, जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने अधिकार सीडीओमै राख्न प्रस्ताव गरिएको छ । सीडीओले नै कफ्र्यु लगाउनसक्ने, दंगाग्रस्त क्षेत्र घोषि...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २४ फागुन। मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र त्यसका चालक उर्लाबार...
सभापति देउवाद्वारा नारी दिवसको शुभकामना

सभापति देउवाद्वारा नारी दिवसको शुभकामना

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै त्यसविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको उल...
प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ । सन्देशमा भनिएको छ, “...
‘महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल आवश्यक’– राष्ट्रपति भण्डारी

‘महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल आवश्यक’– राष्ट्रपति भण्डारी

काठमाडौँ, २४ फागुन।  राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्...
२०७४ फागुन २४ गते बिहीबारको राशिफल

२०७४ फागुन २४ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल फागुन २४ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च ८ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी, २९:३८ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभच...
‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

काठमाडौँ, २३ फागुन ।  आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४/७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर राष्ट्रलाई समृद्धिको बाटोमा लैजानु चुनौतीपूर्ण रहेको बताएका हुन् । अर्थतन्त्रका विषयमा दर्जनौँ प्रश्नकाम...
सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जानेः महतो

सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जानेः महतो

राजविराज, सप्तरी, २३ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताउनुभएको छ । गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा आज आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा उहाँले सो कुरा बताउनुभएको हो । ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले ...
सरकार शासक होइन संयोजनकारी निकाय हो: प्रम ओली

सरकार शासक होइन संयोजनकारी निकाय हो: प्रम ओली

काठमाडौँ, २३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताउनुभएको छ । वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताउनुभयो । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । वाग्मती सफाइ अभियानका लागि...
प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त

प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त

धनगढी, २३ फागुन । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ । अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आउनुभएको छ । नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहनुभएका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानून, फौजदारी कानून र समाजशास्त्रमा स...
अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला

अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज दृष्टिविहीन तथा शारीरिक अपांगता पर्वतारोहण गर्न निषेध हुने नियम खारेज गरेपछि हिमाल आरोहण गर्न बाटो खुला भएको हो । यसअघि अदालतले दृष्टिविहीन...
देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ: मुख्यमन्त्री राई

देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ: मुख्यमन्त्री राई

इटहरी, २३ फागुन ।  प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । इटहरीमा क्यान सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ को आज उद्घाटन गर्दै उहाँले विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख एवं आर्थिक उन्नतिको शिखरमा पुगिसकेकाले अब हामीले पनि देश समुन्नत बनाउन...
मितव्ययी नीति लिँदै सरकार

मितव्ययी नीति लिँदै सरकार

काठमाडौँ, २३ फागुन । संघीयता कार्यान्वयन भएसँगै चुलिएका असीमित दायित्वलाई सम्बोधन गर्न सरकारले चालू खर्चलाई नियन्त्रण गर्दै पूँजीगत खर्चको स्रोत प्रवाहमा मितव्ययी हुने नीति अपनाउने भएको छ । आर्थिक वर्ष २०७४/७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले मितव्ययीतासम्बन्धी नीति सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएको हो । कार्यक्रमलाई सम्बो...
अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्

अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्

काठमाडौँ, २३ फागुन ।  विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महि...
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २३ फागुन।  विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) का अध्यक्ष ओली...
सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा

सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा

सुरुङ्गा (झापा), २३ फागुन । झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन । झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाए...
राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुला

राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुला

काठमाडौँ, २३ फागुन । वर्तमान सरकारद्वारा मनोनीत तीन राष्ट्रियसभा सदस्यलाई शपथ लिन बाटो खुला भएको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो । अदालतको आदेशपछि राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण विडारी र डा ...
लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

काठमाडौँ, २३ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले भारतको रक्सौल हुँदै विभिन्न नाकाबाट काठमाडौँ भित्रिएको पाँच हजार ४०९ थान लागूऔषध मंगलबार दिउँसो बरामद गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी कामपा–२१ जैसीदेवलमा एम्बुस राखी जाँच गर्ने क्रममा सुनिल घिमिरेको साथबाट डाइजेल्याव २०३ थान, फेनार्गन...
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी

एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी

भक्तपुर, २३ फागुन । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षाको तयारी पूरा भएको ...
सरकारले आर्थिक वृद्धिदरको लक्ष्य घटायो, आर्थिक वृद्धिदर ६ प्रतिशत

सरकारले आर्थिक वृद्धिदरको लक्ष्य घटायो, आर्थिक वृद्धिदर ६ प्रतिशत

काठमाडौं, २३ फागुन।  सरकारले चालु अर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थमन्त्रालयले बुधबार मध्यावधि समिक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत रहेको जनाएको हो। चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान रहे पनि त्यसमा संशोधन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताए। चालु वर्षको अन्त्यसम्ममा जन्मा १० खर्व ८२ अर्ब ९९ करोड खर्चको अनुमा...
साझाद्वारा अपाङ्गमैत्री बस सञ्चालन

साझाद्वारा अपाङ्गमैत्री बस सञ्चालन

काठमाडौँ, २३ फागुन ।  साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को आज संयुक्त रुपमा प्रारम्भ गर्नुभयो । उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान...
नेपालमा दक्ष विद्यार्थी उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक छः इजरायली राजदूत

नेपालमा दक्ष विद्यार्थी उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक छः इजरायली राजदूत

काठमाडौँ, २३ फागुन ।  सीपमूलक र व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक प्रदर्शन भएको छ । एपेक्स लाइफ स्कुलले आज चाबहिल, सरस्वतीनगरमा आयोजना गरेको एकदिने शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले उद्घाटन गर्दै दक्ष विद्यार्थी उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले परीक्षामा मात्र सफल बनाउनुभ...
जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उल्लेख गर्नुभयो । अबको एजेन्डा भनेको मुलुकको विका...
बाटैमा हरायो चार शिवालय पुनः निर्माणको ‘ड्रइङ डिजाइन’

बाटैमा हरायो चार शिवालय पुनः निर्माणको ‘ड्रइङ डिजाइन’

काठमाडौँ, २३ फागुन।  बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर पुनःनिर्माण कुरिरहेको चार शिवालय अझै यस्तो दुरवस्थाबाट मुक्त हुन सकेको छैन । चार शिवालयसँगै जोडिएको सत्...
एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

भीमदत्तनगर, २३ फागुन । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने...
अनेरास्ववियू पुनर्गठन गरिने

अनेरास्ववियू पुनर्गठन गरिने

काठमाडौँ, २३ फागुन । अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उहाँ अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामा...
खानीको अन्वेषण गर्न भूउपग्रह

खानीको अन्वेषण गर्न भूउपग्रह

काठमाडौँ, २३ फागुन। छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ ।...
विश्वकप क्रिकेट छनोट: नेपालले स्कटल्याण्डको सामना गर्ने

विश्वकप क्रिकेट छनोट: नेपालले स्कटल्याण्डको सामना गर्ने

काठमाडौँ, २३ फागुन । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिके...
धनकुटाका आगलागी पीडितलाई राहत वितरण

धनकुटाका आगलागी पीडितलाई राहत वितरण

धनकुटा, २३ फागुन । धनकुटा नगरपालिका–९ माङडाँडाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । मंगलवार दिउँसो आगलागीमा परी घर जलेर नष्ट भएका पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटी धनकुटा र उद्योग बाणिज्य संघ धनकुटाले राहत सामाग्री वितरण गरेको हो । आगलागीको जानकारी पाउँनासाथ गएर पीडित परिवारलाई राहत वितरण गरिएको रेडक्रस जिल्ला सभापति नरेन्द्र पोख्रेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार रेडक्रसको ...
error: Content is protected !!