काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन

काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन

काठमाडौँ, ६ वैशाख।  काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ ।  नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले राससलाई जानकारी दिए । उनले भने, “वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रुपमा अनुगमन गर्ने छ ।”...
तेह्रथुमका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

तेह्रथुमका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

तेह्रथुम, ६ वैशाख ।  तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो । अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थ...
शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन

भीमदत्तनगर, ६ वैशाख ।  कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ । निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइ...
हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

खोटाङ, ६ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ । ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न गढी...
उदयपुर आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु

उदयपुर आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु

गाईघाट, उदयपुर, ६ वैशाख।  उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन भएको छ । एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पतालले थप नयाँ चार प्रकृतिका उपचार विधि स...
तेह्रथुमको आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

तेह्रथुमको आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

आठराई, तेह्रथुम, ६ वैशाख। खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ । गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो । बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ । काठमाडाँैमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो । ...
भेडेटार नजिक बेवारिशे शव भेटियो

भेडेटार नजिक बेवारिशे शव भेटियो

धनकुटा, ६ बैशाख । भेडेटार नजिकै एक पुरुषको वेवारिशे शव फेला परेको छ । धरान–४ स्थित थाउजेण्ड विग बुद्धको नजिक नयाँ बाटो खनेर माटो झरेको स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ । शवको पछाडिपट्टी ढाड जलेको छ । मंगोलियन अनुहारका करिव ३५–४० वर्षीय पुरुषको शव फेला परेको भेडेटार प्रहरीले जनाएको छ । बुधबार बेलुका फेला परेको शवको अझै पनि पहिचान हुन सकेको छैन । कुकुरसमेत प्रयोग गरेर धरान प्रहरीले घटनाको...
हराएको एक महिनापछि शव भेटियो

हराएको एक महिनापछि शव भेटियो

नुवाकोट, ६ वैशाख । किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो । शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण...
आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

तेह्रथुम, ६ वैशाख। आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गर्नुभएको छ । इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गर्नुभएको छ । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुग्नुभएका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै दुख...
चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति

चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति

प्रकृतिले यस्ता फल वा खानेकुरा दिएको छ, जो मानिसका लागि हरेक हिसाबले उपयोगी हुन्छ । तरिका पुर्‍याएर खान जानियो भने त्यसले निकै फाइदा पुर्‍याउँछ । त्यस्तै एक खाद्यवस्तु हो- चुकन्दर । सामान्यतया चुकन्दरलाई सलादका रूपमा खाइन्छ गाढा रातो रंगको चुकन्दर अरू हिसाबले हेर्दा सलगमजस्तै हुन्छ तर फरक के भने यो रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन...
औद्योगिक मेलामा आठ करोडको कारोबार

औद्योगिक मेलामा आठ करोडको कारोबार

भक्तपुर, ६ वैशाख। भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु आठ करोडको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्...
धनकुटामा कृषिका बिषयमा अन्तरक्रिया

धनकुटामा कृषिका बिषयमा अन्तरक्रिया

धनकुटा, ६ बैशाख । धनकुटाका कृषक र ब्यावसायीहरुको उत्पादन पहिचान तथा व्यवसायमा आधारित समस्या र अवसरका बिषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा चिया, अलैँची, अदुवा र दुग्ध क्षेत्रका व्यवसायी कृषकहरुको बिषयमा कार्यक्रम गरिएको हो । उन्नती परियोजनाको सहयोगमा सञ्चालिन दुई दिने अन्तरक्रिया कार्यक्रममा चिया, अलैँची, अदुवा, र दुग्ध क्षेत्रको जिल्लामा सबल पक्ष,...
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर: गृहमन्त्री थापा

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर: गृहमन्त्री थापा

रत्ननगर, चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रका...
चीनले गर्यो त्रिदेशीय आर्थिक करिडोरको प्रस्ताव

चीनले गर्यो त्रिदेशीय आर्थिक करिडोरको प्रस्ताव

काठमाडाैँ, ६ वैशाख। चीनले नेपाल र भारतसहितको त्रिदेशीय आर्थिक करिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्न प्रस्ताव अघि सारेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि बेइजिङमा पत्रकारलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले हिमालयपार सम्पर्क सञ्जाल बनाउने समझदारी भएको र त्यो तीन देशबीचको आर्थिक करिडोर बन्नसक्ने बताएका हुन् । “हामीलाई विश्वास छ राम्ररी विक...
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौँ, ६ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अह...
एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे

एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे

काठमाडाैँ, ६ वैशाख।  सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् । उनीहरुले हालै ...
संरक्षित बालबालिकाको खानामै कमिसन

संरक्षित बालबालिकाको खानामै कमिसन

काठमाडौं, ६ वैशाख। नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ । संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर ६ ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो । संगठनले बोलपत्र आह्वान गरेर प...
यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

काठमाडौं, ६ वैशाख । सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता भ...
घरपायक जागिरका लागि १८ वैशाखभित्र आवेदन आह्वान

घरपायक जागिरका लागि १८ वैशाखभित्र आवेदन आह्वान

काठमाडौं, ६ वैशाख। स्वैच्छिक अवकाश योजना स्थगित गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा चाहने निजामति कर्मचारीलाई १८ वैशाखसम्म निवेदन दिन समय दिएको छ । कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारीसहित अवकाश रोज्नेलाई घरपायक उपहार दिने नयाँ रणनीति ल्याएको राजधानीमा समाचार छ । संघीय मामलिा तथा सामान्य प्रशास...
त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा विदा

त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा विदा

काठमाडौं, ६ वैशाख। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहीबार एक दिन विदा दिएको हो । श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आजको विदाबारे जानकारी दिएको हो । श्रेष्ठको निधनले त्रिवि परिवार शोकमग्न भएको सूचनामा...
भर्ना अभियानः उच्च तहको सहभागिताले तराईका विद्यालयमा उत्साह

भर्ना अभियानः उच्च तहको सहभागिताले तराईका विद्यालयमा उत्साह

काठमाडौँ, ६ वैशाख । विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ । विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलो पटक राजनीतिक अभियानका रुपमा मनाइएको हो । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओल...
२०७५ बैशाख ६ गते बिहीबार/आजको राशिफल

२०७५ बैशाख ६ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख ६ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल १९ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– चतुर्थी, २५:३१ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मान...
अपडेटः मुलघाटमा भएको ट्याक्टर दुर्घटनाका घाईतेको मृत्यु

अपडेटः मुलघाटमा भएको ट्याक्टर दुर्घटनाका घाईतेको मृत्यु

  धनकुटा, ५ बैशाख । धनकुटाको मुलघाट नजिक बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी गंभीर घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका–९ माहाङका १८ बर्षीय सरोज भण्डारीको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर पल्टिँदा सरोज र माहाङकै पवन भण्डारी घाईते भएका थिए । दुवै घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको थियो । ...
धनकुटा अस्पतालको स्तरोन्नतीमा सहयोग गर्ने जापानी राजदुतको प्रतिवद्धता

धनकुटा अस्पतालको स्तरोन्नतीमा सहयोग गर्ने जापानी राजदुतको प्रतिवद्धता

धनकुटा, ५ बैशाख । नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले धनकुटा अस्पतालको स्तरोन्नतीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भोजपुरमा निमार्ण भएको आँखा अस्पताल उद्घाटन गर्न जाने क्रममा बुधबार धनकुटा अस्पतालको निरीक्षण गर्दै राजदुत ओगावाले यस्तो प्रतिवद्धता जनाएका हुन् । जापान सरकारले गर्ने सहयोग ठूलो परिमाणको हुने उनले बताए । राजदुताबासबाट हुने सहयोगका लागि जापान सरकारबाट अनुमति लि...
मुलघाटमा ट्याक्टर दुर्घटना हुँदा दुई घाईते

मुलघाटमा ट्याक्टर दुर्घटना हुँदा दुई घाईते

धनकुटा, ५ बैशाख । धनकुटाको मुलघाट नजिक बुधबारसाँझ ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते भएका छन् । मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२ त.३११५ नम्बरको ट्याक्टर ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–९ माहाङका सरोज भण्डारी र पवन भण्डारी घाईते भएको मुलघाट प्रहरी चौकीका हवल्दार कुमार कार्कीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार घाईते सरोजको अवस्था गम्भ...
धनकुटामा पुस्तक वितरण सुरु

धनकुटामा पुस्तक वितरण सुरु

धनकुटा, ५ बैशाख । आधारभूत तहमा अध्ययनरत बालबालिकाको नेपाली पठनसिप विकास गर्ने उद्वेश्यले जिल्लाका सामुदायिक बिद्यालयलाई पुस्तक बितरण सुरु गरिएको छ । जिल्लाका दुई सय ९६ सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई यूएसआईडीले पुस्तक वितरण सुरु गरेको हो । आरटिआई संस्था मार्फत अमेरीकी जनताको सहयोगमा उपलब्ध गराईएका पुस्तक बितरण भईरहेको पुस्तक वितरक सस्था सामा प्रेसका धनकुटा संयोजक खगेन्द्...
मासुबाट भन्दा ड्राइ फ्रुट्सबाट प्राप्त हुने प्रोटिन स्वस्थकर

मासुबाट भन्दा ड्राइ फ्रुट्सबाट प्राप्त हुने प्रोटिन स्वस्थकर

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो ...
मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुटवल, ५ वैशाख। प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ। पुनले राजनीतिक दलका नेता तथा व्यवसायीकै सहयोगमा व्यक्ति हत्या तथा अपराधिक क्रियाकलाप गर्ने गरेको रहस्य बाहिर आएको हो। रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल 'बलु' हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुन...
अफगानिस्तानमा दोहोरो गोली हानाहानमा दशको मृत्यु

अफगानिस्तानमा दोहोरो गोली हानाहानमा दशको मृत्यु

मैमाना, अफगानिस्तान, ५ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिनुभएको छ । सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँचचौकीमा मंगलबार अबेर राति...
राजामामा कुसुण्डाको शवमा छोरीले दागबत्ती दिइन्

राजामामा कुसुण्डाको शवमा छोरीले दागबत्ती दिइन्

दमौली, तनहुँ, ५ वैशाख । लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्र्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन् । पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए । उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्व...
रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

काठमाडौँ, ५ वैशाख ।  रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्य...
error: Content is protected !!