- ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ बैशाख । नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले धनकुटा अस्पतालको स्तरोन्नतीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भोजपुरमा निमार्ण भएको आँखा अस्पताल उद्घाटन गर्न जाने क्रममा बुधबार धनकुटा अस्पतालको निरीक्षण गर्दै राजदुत ओगावाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

Advertisement
धनकुटा अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै राजदुत ओगावा । तस्वीर:ईश्वर थापा/संगालोखबर

जापान सरकारले गर्ने सहयोग ठूलो परिमाणको हुने उनले बताए ।

राजदुताबासबाट हुने सहयोगका लागि जापान सरकारबाट अनुमति लिन आवश्यक नरहेकाले एक करोडसम्मको सहयोग राजदुताबासबाट जुनसुकै बेला गर्न सकिने उल्लेख गरे ।

अस्पतालमा आवश्यक एक्सरे मेसिन र प्रयोगशालाको स्तरोन्नतीमा तुरुन्तै सहयोग गर्न सकिने उनको संकेत छ ।

फरक प्रसंगमा राजदुत ओगावाले स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाले नेपालीलाई बधाई दिए ।

अहिले बनेको बलियो सरकारको कार्यकालमा नेपाल र जापानको सम्बन्ध अझ बलियो हुने विश्वास पनि ब्यक्त गरे । राजदुत ओगावासहित राजदुताबासकी कार्यक्रम अधिकृत इमाइ खावरी लगायतको टोलीले धनकुटा अस्पतालको निरीक्षण गरेको थियो ।

सो अवसरमा राजदुतावासको टोलीलाई जिल्ला अस्पतालको तर्फबाट स्वागत एवं सम्मान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!