- संगालोखबर सम्वाददाता

 

धनकुटा, ५ बैशाख । धनकुटाको मुलघाट नजिक बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी गंभीर घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका–९ माहाङका १८ बर्षीय सरोज भण्डारीको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टर पल्टिँदा सरोज र माहाङकै पवन भण्डारी घाईते भएका थिए । दुवै घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको थियो ।

मृतक भण्डारी ।

भण्डारीको उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार घाईते पवनलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लागिएको छ ।

मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२ त.३११५ नम्बरको ट्याक्टर साँझ करिव साँढे ७ बजे अनियन्त्रित भएर धनकुटा–९ च्याङच्याङवारीमा पल्टिएको हो ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन् । ट्याक्टर चालक धनकुटा–९ का गोविन्द भण्डारी फरार छन् ।

 

यसअघि प्रकाशित समाचार हेर्नुहोस्…

मुलघाटमा ट्याक्टर दुर्घटना हुँदा दुई घाईते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!