- संगालोखबर सम्वाददाता

धनकुटा, ५ बैशाख । आधारभूत तहमा अध्ययनरत बालबालिकाको नेपाली पठनसिप विकास गर्ने उद्वेश्यले जिल्लाका सामुदायिक बिद्यालयलाई पुस्तक बितरण सुरु गरिएको छ ।

जिल्लाका दुई सय ९६ सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई यूएसआईडीले पुस्तक वितरण सुरु गरेको हो ।

Advertisement

आरटिआई संस्था मार्फत अमेरीकी जनताको सहयोगमा उपलब्ध गराईएका पुस्तक बितरण भईरहेको पुस्तक वितरक सस्था सामा प्रेसका धनकुटा संयोजक खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा भईरहेको पुस्तक बितरण कार्यक्रम दुई महिना भित्रमा सकिनेछ ।

बितरणका लागि तयारी गरिएका पुस्तकको प्याकेट । तस्वीर : संगालोखबर

हरेक बिद्यालयका १ देखि ३ कक्षाका विद्यार्थी संख्याको आधारमा एक सय ५१ शिर्षकमा ५ सय थानबढि पुस्तक बितरण गरिने आरटिआईका जिल्ला संयोजक योगेन्द्र चापागाईंले जानकारी दिए ।

चित्रसहितका पाठ्यसामाग्री एवं अभ्यास पुस्तिका रहेकाले बालबालिकामा अभिरुची जगाएर अध्ययन/अध्यापन सहज हुने अपेक्षा लिईएको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!