ईश्वर थापा/संगालोखबर

धनकुटा, ६ बैशाख । धनकुटाका कृषक र ब्यावसायीहरुको उत्पादन पहिचान तथा व्यवसायमा आधारित समस्या र अवसरका बिषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा चिया, अलैँची, अदुवा र दुग्ध क्षेत्रका व्यवसायी कृषकहरुको बिषयमा कार्यक्रम गरिएको हो ।

Advertisement

उन्नती परियोजनाको सहयोगमा सञ्चालिन दुई दिने अन्तरक्रिया कार्यक्रममा चिया, अलैँची, अदुवा, र दुग्ध क्षेत्रको जिल्लामा सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौती लगायतका विषयमा छलफल भइरहेको छ । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेपाल कृषि प्रधान मुलुक भएकाले कृषि क्षेत्रको विकासको आवश्यकता औल्याए ।

मेहनत र व्यवसायी बनेर काम गरेमा कृषि क्षेत्रबाट राम्रो प्रगति र कमाई हुने तामाङको भनाई छ । कार्यक्रमका विभिन्न क्षेत्रका चिया, अलैँची, अदुवा, र दुग्ध क्षेत्रका ३५ भन्दा बढी व्यवसायी कृषकहरुको सहभागि रहेको उद्योग बाणिज्य संघका कार्यालय प्रमुख जयन्द्र प्रधानले जानकारी दिएका छन् । हिजोबाट सुरु भएको कार्यक्रम आज सकिदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!