संगालोखबर संवाददाता
सांकेतिक तस्वीर

धनकुटा, ५ बैशाख । धनकुटाको मुलघाट नजिक बुधबारसाँझ ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२ त.३११५ नम्बरको ट्याक्टर ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी धनकुटा नगरपालिका–९ माहाङका सरोज भण्डारी र पवन भण्डारी घाईते भएको मुलघाट प्रहरी चौकीका हवल्दार कुमार कार्कीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार घाईते सरोजको अवस्था गम्भीर छ ।

घाईतेहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

ट्याक्टर चालक धनकुटा–९ का गोविन्द भण्डारी भने फरार रहेको मुलघाट प्रहरी चौकीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ ।

 

अपडेटः मुलघाटमा भएको ट्याक्टर दुर्घटनाका घाईतेको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement