दमौली, तनहुँ, ५ वैशाख । लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्र्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन् ।

Advertisement

पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए ।

उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए ।

राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को क्रिया बस्ने बताइएको छ । आज बिहान व्यास–१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो ।

उनी लामो समयदेखि पे्रसरको बिरामी थिए । राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!