काठमाडौं, ६ वैशाख। नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ ।

Advertisement

संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर ६ ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो ।

संगठनले बोलपत्र आह्वान गरेर प्रतिस्पर्धामा खाद्यान्न लगायत सामाग्री आपूर्ति गर्ने जिम्मा दिइएको दाबी गरे पनि अधिकांश सामाग्री चर्को मूल्यमा किनेको देखिएको हो । आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।

स्रोतका अनुसार संगठनकै केही कर्मचारीले आर्थिक लाभका आधारमा प्रचलित भाउभन्दा बढी मूल्यको टेन्डर स्विकारेका हुन् ।

समाचारमा लेखिएको छ, संगठन र सिन्किेमनबीच भएको सम्झौतापत्रमै खाद्यान्नको मूल्य प्रचलित बजारभाउभन्दा निकै उच्च देखिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!