महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

भक्तपुर, २५ फागुन । महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमु...
२०७४ फागुन २५ गते शुक्रबारको राशिफल

२०७४ फागुन २५ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल फागुन २५ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च ९ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– अष्टमी, ३१:२२ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्य...
झापा गोल्डकप: त्रिभुवन आर्मी सेमीफाइनलमा

झापा गोल्डकप: त्रिभुवन आर्मी सेमीफाइनलमा

सुरुङ्गा, झापा, २४ फागुन । तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीका जर्ज प्रिन्स कार्कीले ४२ औंँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थिय...
नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने

नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने

काठमाडौँ, २४ फागुन । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ । सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालवि...
विश्व कीर्तिमान कायम गर्न रक्तदान

विश्व कीर्तिमान कायम गर्न रक्तदान

काठमाडौँ, २४ फागुन । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित ...
पुरुषलाई प्याड वितरण

पुरुषलाई प्याड वितरण

काठमाडौं, २४ फागुन । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताउनुभएको छ । एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उहाँले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौंँ तर महि...
प्रादेशिक कानून निर्माणका लागि समिति गठन

प्रादेशिक कानून निर्माणका लागि समिति गठन

पोखरा, २४ फागुन । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिला...
बन्दको प्रचार गर्दै हिँडेका पूर्वलडाकु गुरुङ न्युरोडबाट पक्राउ

बन्दको प्रचार गर्दै हिँडेका पूर्वलडाकु गुरुङ न्युरोडबाट पक्राउ

काठमाडौं, २४ फागुन।  फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गर्दै गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको पाइएको बताए । गुरुङको समुहले केही दिनअघि चार बुँदे मा...
महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने

महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने

विराटनगर,२४ फागुन । एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रदेशका उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले नीत...
स्कटल्याण्डविरुद्व नेपालको १५० रनको लक्ष्य

स्कटल्याण्डविरुद्व नेपालको १५० रनको लक्ष्य

काठमाडौं, २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले १५० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभर खेल्दै सबै विकेटको क्षतिमा १४९ रन बनाएको हो । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भएको खेलमा नेपाल स्कटिस बलरको सामु निरिह देखियो । नेपालले सुरुवातमै ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको थियो । दोस...
कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण

कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण

सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको ...
एक हजार विद्यालयमा स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

एक हजार विद्यालयमा स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

काठमाडौँ, २४ फागुन । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो । आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालयसमेत खारेज हुँदैछन् । संघी...
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र

काठमाडौँ, २४ फागुन ।  राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला प्रारम्भ भएको छ । नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको उक्त मेलाको स्थानीय भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाट...
दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

सुरुङ्गा, झापा, २४ फागुन । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै ग...
अंश र वंशमा समान अधिकार आवश्यक: मन्त्री पोखरेल

अंश र वंशमा समान अधिकार आवश्यक: मन्त्री पोखरेल

काठमाडौँ, २४ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताउनुभएको छ । संकृति सङ्ग्रहालय नेपालले आज यहाँ एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उहाँ...
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’: गृहमन्त्री थापा

‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’: गृहमन्त्री थापा

काठमाडौँ, २४ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ । आज यहाँ अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिनुभयो । अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखि...
विश्वकप क्रिकेट छनोट : स्कटिस बलरसामु नेपाली ब्याट्सम्यान निरीह

विश्वकप क्रिकेट छनोट : स्कटिस बलरसामु नेपाली ब्याट्सम्यान निरीह

काठमाडौं, २४ फागुन । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललाई सुरुवातमा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाएको  छ । नेपालले पाँचौ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो । शेखले जम्मा दुई रन जोड्न सफल भए । उनलाई रिची बेरिंगटनको बलमा एम क्रसले क्याचआउट गराएका हुन् । सुरुवातमै नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको थियो । दोस्रो ओभरको पहिलो बलमा ज...
फलामे खोरमा थुनिएका दाहालको उपचारका लागि सहयोग

फलामे खोरमा थुनिएका दाहालको उपचारका लागि सहयोग

आठराई, तेह्रथुम, २४ फागुन । आठराई गाउँपालिका–६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ । तेह्रथुम घर भई हाल साउदी अरबमा रहनुभएका रामचन्द्र मैनालीको अगुवाइमा संकलित ३६ हजार रकम दाहालको परिवारलाई आज हस्तान्तरण गरिएको हो । सहयोग रकम आठराई गाउँपालिका–६ का वडाध्यक्ष तेजमान कन्दङवा र वडा सदस्य लक्ष्मीप्रसाद ...
अन्तराष्ट्रिय महिला दिवसमा पदयात्रा

अन्तराष्ट्रिय महिला दिवसमा पदयात्रा

काठमाडौँ, २४ फागुन।  एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । ¥यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर...
विश्वकप क्रिकेट छनोट: नेपालले टस जितेर ब्याटिङ गर्दै

विश्वकप क्रिकेट छनोट: नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ, २४ फागुन।  आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेहोरेको थियो । नेपालले अहिलेसम्म स्कटल्याण्ड...
अदुवा बिक्री नहुँदा किसान मारमा

अदुवा बिक्री नहुँदा किसान मारमा

खोटाङ, २४ फागुन । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईले बताउनुभयो । “गत वर्षमा अदुवा बिक्रीबाट...
भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

काठमाडौँ, २४ फागुन ।  नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ । उक्त बंैकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्...
महोत्सवमा दुई करोडको कारोबार

महोत्सवमा दुई करोडको कारोबार

गाईघाट, उदयपुर, २४ फागुन । सदरमुकाम गाईघाट बजारस्थित त्रियुगा बसपार्क परिसरमा सञ्चालन भइरहेको दशदिने प्रदेश नं १ स्तरीय महोत्सवमा अहिलेसम्म रु दुई करोडभन्दा बढीको कारोबार भएको छ । यही फागुन १५ गतेदेखि सञ्चालन भएको उक्त प्रदेशस्तरीय महोत्सवमा बुधबारसम्म सो रकम बराबरको आर्थिक कारोबार भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिनुभयो । त्रियुगा उद्योग वाणिज्य संघले आयोजना ...
एसईईको केन्द्र विवादले भोजपुरमा चक्काजाम

एसईईको केन्द्र विवादले भोजपुरमा चक्काजाम

भोजपुर, २४ फागुन। यहि चैत ८ गतेदेखि हुने विद्यालय शिक्षा परीक्षा (एसईई) को केन्द्र निर्धारण सम्बन्धी निर्णय उल्टाएको भन्दै भोजपुरमा स्थानीयवासीले हिले-भोजपुर नारदमुनी थुलुङ्ग सहायक राजमार्ग अवरुद्ध गरेका छन् । राधाकृष्ण मावि श्यामसिला केन्द्रको ठाउँमा यसोधरा मावि कायम गरिएको भन्दै श्यामसिलाका राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिसमेतको आव्हानमा बिहीबार एक घण्टा चक्काजाम गरिएको छ । संघीयताको भाव...
‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’: प्रधानमन्त्री ओली

‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’: प्रधानमन्त्री ओली

काठमाडौँ, २४ फागुन।  विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ । वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । ज्ञापनपत्र बुझ्नुहँदै प्रधान...
लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

बेनी, म्याग्दी, २४ फागुन । मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ । जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठ कोठे भवन निर्माणका लागि...
झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै

झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै

भद्रपुर, २४ फागुन । स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने...
आठसय महिलालाई मनोविमर्श सेवा

आठसय महिलालाई मनोविमर्श सेवा

कञ्चनपुर, २४ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमअन्तर्गत मनोविमर्श सेवा प्रदान गरिएको हो । एकल महिला, घरेलु हिंसामा परेका, जातीय विभेद, यौनजन्य हिंसामा परेका महिलालाई विशेषज्ञता हासिल गरेका मनोविमर्शकर्ताको सहयोगमा मनोविमर्श...
चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

चौबिस वर्षमा सिउँदो पुछिएपछि जुत्ता सिलाएर आत्मनिर्भर बन्दै देवी

लिबाङ, रोल्पा, २४ फागुन ।  बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर...
करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

काठमाडौँ, २४ फागुन । हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक दीक्षा लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न प्रेरणा...
भोजपुरमा लेखापाल नहुँदा अनुदान वितरण कार्य प्रभावित

भोजपुरमा लेखापाल नहुँदा अनुदान वितरण कार्य प्रभावित

भोजपुर, २४ फागुन। भोजपुरमा लेखापाल नहुँदा  त्यँहाका भुकम्पपीडितले राहात पाएका छैनन् । जिल्ला समन्वय समितिमा लेखापाल नहुँदा भूकम्पपीडितको रकम ३ महीनादेखि रोकिएको हो । लेखापाल नहुँदा भूकम्पपीडितको पहिलो किस्ताकै अनुदान रकम वितरण कार्य प्रभावित बनेको छ। समितिमा कार्यरत लेखापाल तथा लेखा अधिकृत अन्यत्र सरुवा भएपछि काम गर्न समस्या भएको हो । एक जना लेखापाल भदौमा र लेखा अधिकृतको पुसमा सरुवा भएको थियो । ...
error: Content is protected !!