काठमाडौं, ६ वैशाख। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द छन् ।

Advertisement

पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहीबार एक दिन विदा दिएको हो ।

श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आजको विदाबारे जानकारी दिएको हो ।

श्रेष्ठको निधनले त्रिवि परिवार शोकमग्न भएको सूचनामा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!