- संगालोखबर सम्वाददाता

धनकुटा, ६ बैशाख । भेडेटार नजिकै एक पुरुषको वेवारिशे शव फेला परेको छ । धरान–४ स्थित थाउजेण्ड विग बुद्धको नजिक नयाँ बाटो खनेर माटो झरेको स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

शवको पछाडिपट्टी ढाड जलेको छ । मंगोलियन अनुहारका करिव ३५–४० वर्षीय पुरुषको शव फेला परेको भेडेटार प्रहरीले जनाएको छ ।

बुधबार बेलुका फेला परेको शवको अझै पनि पहिचान हुन सकेको छैन । कुकुरसमेत प्रयोग गरेर धरान प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!