नुवाकोट, ६ वैशाख । किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् ।

पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो ।

Advertisement

शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण गरी परिवारले जिम्मा लिएका छन् ।
मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!