भीमदत्तनगर, ६ वैशाख ।  कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ ।

Advertisement

निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइरहेको जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी हुने उहाँको भनाइ छ ।
यसअघिको रेकर्डअनुसार शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार ३०० को संख्यामा बाह्रसिंगाको झुण्ड देख्न पाइने गरेको छ ।
निकुञ्जकै मुख्य आकर्षणका रुपमा रहेको बाह्रसिंगाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट २४ किलोमिटरको दूरीमा रहेको शुक्लाफाँट उपयुक्त स्थान हो ।

फाँटमा वन्यजन्तुका लागि चरिचरनसँगै प्यास मेटाउन कृत्रिम तलाउसमेत निर्माण गरिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!