नोटमा केरमेट गरे जेल

नोटमा केरमेट गरे जेल

काठमाडौं, २४ साउन । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको हो । ऐनको दफा २६३ मा भनिएको छ, बैंक नोटमा लेख्न वा कोर्न हु...
आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदै, सर्वसाधारणलाई अत्तोपत्तो छैन

आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदै, सर्वसाधारणलाई अत्तोपत्तो छैन

काठमाडौँ, २४ साउन । मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधी संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी मस्यौदा बनेको बताइएको छ भने मुलुकी देवानी (संहिता) ऐन–२०७४, मुलुकी देवानी कार्यवीधी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजा...
सातै प्रदेशका ४२ हजार युवालाई स्वरोजगार तालिम

सातै प्रदेशका ४२ हजार युवालाई स्वरोजगार तालिम

काठमाडौँ, २४ साउन ।  सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ । तालिम असोज महिनाब...
२०७५ साउन २४ गते बिहीबार/आजको राशिफल

२०७५ साउन २४ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २४ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट ९ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– त्रयोदशी, २०:४३ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर...
पूर्वमन्त्री विश्वकर्मासहित तीन जना पक्राउ

पूर्वमन्त्री विश्वकर्मासहित तीन जना पक्राउ

काठमाडौँ, २३ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा १४ प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानग...
पुनः रोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

पुनः रोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

काठमाडौँ, २३ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैश...
बेलवारीमा सडक कालोपत्रे गर्न डा. सुनिल शर्माको सहयोग

बेलवारीमा सडक कालोपत्रे गर्न डा. सुनिल शर्माको सहयोग

बिराटनगर, २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको उपस्थितीमा डा.शर्माले बुधबार सडक निर्माण समितिका अध्यक्ष श्यामकुम...
नमस्ते झरनाको ब्यवस्थापन सकियो, अवलोकन खुल्ला गर्ने तयारी

नमस्ते झरनाको ब्यवस्थापन सकियो, अवलोकन खुल्ला गर्ने तयारी

धनकुटा, २३ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा खोलामा रहेको नमस्ते झरना ब्यवस्थापनको काम सकिएको छ । गत असार १ गते झरनाबाट ढुंगा खसेर एक जनाको मृत्यु भएपछि झरना ब्यवस्थापनका लागि भन्दै झरना अवलोकन गर्न जाँन रोक लगाईएको थियो । आवागमन बन्द गरेर झरनाको दायाबायाँ माछिकाँडे जाली लगाइएको हो । झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाईएको व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नी लिम्बू...
धनकुटामा पाँच दिने तालिम सुरु

धनकुटामा पाँच दिने तालिम सुरु

धनकुटा, २३ साउन । धनकुटामा बुधबारदेखि सहकारी सुशासन तथा वित्तिय सञ्चालन सम्बन्धि पाँच दिने तालिम सुरु भएको छ । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा सुरु भएको तालिममा सहकारी सुशासन, लेखा व्यवस्थापन, वित्तिय व्यवस्थापन, सञ्चालकको जिम्मेवारी, कोष व्यवस्थापन, वर्तमान सहकारी ऐन र सहकारीको व्यवस्थापनका बिषयमा जानकारी गराईनेछ । जिल्ला सहकारी संघको समन्वय तथा उन्नती एक्सेस अफ फाइनान्स कार्यक...
प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

विराटनगर, २३ साउन । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज यहाँ सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपा...
दाइजो नल्याएको भन्दै प्रहरीलेनै कुटे श्रीमती

दाइजो नल्याएको भन्दै प्रहरीलेनै कुटे श्रीमती

रुपन्देही, २३ साउन । प्रदेश ५ को रुपन्देहीमा एक पुलिसले दाईजो नल्याएको भन्दै श्रीमती कुटेका छन् । कानुनको रक्षक एक प्रहरी जवानले दाईजो नल्याएको निहुँमा श्रीमतीलाई निर्घात कूटपीट गरेको घटना यति बेला बाहिरीएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँ जिल्लामा दरबन्दी भई हाल रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं। १ सिपवा बस्ने लोकेन्द्र नाउले श्रीमती प्रियंका नाउलाई निर्घात कुटेका हुन् ...
गोक्यो हिमतालमा बेपत्ता भएका एक विद्यार्थीको शव निकालियो, दुईको खोजी कार्य जारी

गोक्यो हिमतालमा बेपत्ता भएका एक विद्यार्थीको शव निकालियो, दुईको खोजी कार्य जारी

सोलुखुम्बु, २३ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जमा तैनाथ शमसेर गुल्म र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गोक्यो हिमतालमा  बेपत्ता भएका पेम्वा नर्बु शेर्पाको शव निकालेको छ । पेम्वा नर्बु शेर्पा र उनका दुईजना साथीहरु गत १८ गते देखि गाक्यो तालमा पौडी खेल्ने क्रममा हराइरहेका थिए । सोलखुम्व जिल्ला प्रशासनले सम्पुर्ण सूरक्षा निकायलाई खवर गरी उद्धारको लागि पहल गरेको थियो । तत्काल सगरमाथा राष्ट्रिय नि...
समावेशी विकास र सङ्घीयतामा केन्द्रित हुन विश्व बैंकको १० अर्ब ऋण सहयोग

समावेशी विकास र सङ्घीयतामा केन्द्रित हुन विश्व बैंकको १० अर्ब ऋण सहयोग

काठमाडौँ, २३ साउन । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल ...
झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

भद्रपुर, २३ साउन । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ । विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैयाँको निजी लगानीमा २०७३ वैशाखदेखि माछापालन शुरु गर्नुभएको हो । उत्पादन हुन थालेको दुई बर्ष न...
अमेरिकासँग चीनको व्यापारमा कमी आयो

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

बेइजिङ, २३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व...
हेटौँडाको ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडाको ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ...
ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा प...
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

खोटाङ, २३ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी अधिकृत मण...
गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न शुरु गर्यो

गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न शुरु गर्यो

सोलुखुम्बु, २३ साउन । हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ । मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ । मङ्गलबार दिउँसो २ बजे खु...
वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको निधन

वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ, २३ साउन । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन । उहाँको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा...
आत्मघाती गोलले थाइ क्लवसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

आत्मघाती गोलले थाइ क्लवसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौँ, २३ साउन । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो । नेपाली फुटबल ट...
भारतद्वारा सीमाक्षेत्रमा एकतर्फी सडक निर्माण

भारतद्वारा सीमाक्षेत्रमा एकतर्फी सडक निर्माण

भीमदत्तनगर, २३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् । ...
विद्यालय भवन पुनःनिर्माणका लागि एउटै परिवारबाट तीस लाख सहयोग

विद्यालय भवन पुनःनिर्माणका लागि एउटै परिवारबाट तीस लाख सहयोग

म्याग्दी, २३ साउन । अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले रु ३० लाख सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्मा...
चितवनमा सवारी दुर्घटना: चारको मृत्यु, १७ घाइते

चितवनमा सवारी दुर्घटना: चारको मृत्यु, १७ घाइते

चितवन, २३ साउन ।  चितवनको रत्ननगर नगरपालिका-१० मा गएराति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र पूर्वबाट नारायाणगढ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका-१० भानुचोकमा आपसमा ठोक्किँएको हो । दुर्घटनामा ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका-२ का ३४ वर्षीय मोहन घि...
अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

काठमाडौँ, २३ साउन । बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ ।  पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ । बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको...
उपभोक्ता ठग्नेलाई अब ठाउँका ठाउँ कारबाही

उपभोक्ता ठग्नेलाई अब ठाउँका ठाउँ कारबाही

काठमाडौँ, २३ साउन ।  सरकारले उपभोक्ताको संवैधानिक अधिकारलाई सुरक्षित गर्न बजार निरीक्षणकै क्रममा ३ लाखसम्म जरिमाना गर्न पाउने, विभागका महानिर्देशकले पाँच वर्ष जेल र ६ लाखसम्म जरिमाना गर्न सक्ने अधिकारसहितको कानुन निर्माण अघि बढाएको छ । अब उपभोक्तामाथि कुनै पनि किसिमबाट ठगी गरेमा निरीक्षण अधिकृतद्वारा तत्काल नै बढीमा ३ लाखसम्म जरिमाना गर्न सकिने भएको छ भने विभागका महानिर्देशकले पाँच वर्ष कैद र ६...
हरियो स्टिकर नभएका चारपांग्रे सवारीसाधन भदौदेखि सञ्चालनमा रोक

हरियो स्टिकर नभएका चारपांग्रे सवारीसाधन भदौदेखि सञ्चालनमा रोक

काठमाडौँ, २३ साउन । सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो। पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ। या...
मुठभेड नै शंकास्पद: ‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

मुठभेड नै शंकास्पद: ‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

काठमाडौँ, २३ साउन । राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी...
जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने ? शंकाको घेरामा ‘ईन्काउन्टर’ !

जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने ? शंकाको घेरामा ‘ईन्काउन्टर’ !

काठमाडौँ, २३ साउन । नेपाल प्रहरीले पछिल्ला बर्षमा मुम्बई इन्काउन्टर गुन्डालाई जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने जस्तै गर्न खोजिएरहेको छ । भारतमा प्रहरीले पेसेबर गुन्डालाई मात्र सफाया गर्न ईन्काउन्टर अभियान चलाउँदै आएको छ । तर नेपालमा पेसेबर गुन्डालाई मात्र ईन्काउन्टर गरिएको छैन । महानगरीय प्रहरी अपराध महाशाखाले पेसेबर गुन्डालाई बाहेक गरेका अन्य दुई ईन्काउन्टर विवादित बनेका छन् । २०७४ साउन...
अपहरणगरी हत्या गर्नेलाई अब आजीवन कारावास

अपहरणगरी हत्या गर्नेलाई अब आजीवन कारावास

काठमाडौँ, २३ साउन । आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको छ ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।’ क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण ग...
२०७५ साउन २३ गते बुधबार/आजको राशिफल

२०७५ साउन २३ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट ८ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– द्वादशी, २३:०६ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिग...
error: Content is protected !!