काठमाडौँ, २३ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा १४ प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा रु सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!