काठमाडौँ, २३ साउन । आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ ।

यसमा लेखिएको छ ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।’

क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको र सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको कसूरमा आजीवन कारावास सजायँ हुनेछ ।

यस्तै कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेमा वा गर्ने उद्देश्यले कसूर गरेमा र जवरजस्ती करणी गरी हत्या गरेमा पनि आजीवन कारावासकै सजाय हुनेछ ।  आजको नेपाल समाचापत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!