हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ ।

Advertisement

बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आइपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

चलचित्र हलभित्रबाट शुरु भएको आगलागी अहिले झनै बाहिरसम्मै आइपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

https://www.facebook.com/hunk.bks/videos/1657638847677815/?t=5

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!