चितवन, २३ साउन ।  चितवनको रत्ननगर नगरपालिका-१० मा गएराति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र पूर्वबाट नारायाणगढ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका-१० भानुचोकमा आपसमा ठोक्किँएको हो ।

दुर्घटनामा ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका-२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक (सोही ठाउँका) ३० वर्षीय बुद्धिमान लामा र काठमाडौं थानकोट-३ का ४८ वर्षीय विष्णुप्रसाद थापा (यात्रु) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले रातोपाटीलाई जानकारी दिएको छ । मृतक एक महिलाको भने नाम खुल्न बाँकी छ ।

घाइते १७ जनाको कलेज अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ। प्रहरीका अनुसार, मंगलबार राति करिब ११ बजे दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!