मोरङ्गको भारतीय सीमावर्ती क्षेत्रमा थप चार बोर्डर आउट पोष्ट स्थापना हुने
विराटनर, २२ साउन । मोरङ्ग जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी स्थापना गरिने भएको छ ।
दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरीतस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो । सीमावर्ती क्षेत्रको डोरिया, सिक्टी, जहदा र तारेगामामा क्षेत्रमा आउट पोष...





























