काठमाडौँ, २३ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

Advertisement

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।

यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ ।

मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिनुभयो ।

गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!