सोलुखुम्बु, २३ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जमा तैनाथ शमसेर गुल्म र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गोक्यो हिमतालमा  बेपत्ता भएका पेम्वा नर्बु शेर्पाको शव निकालेको छ ।

Advertisement

पेम्वा नर्बु शेर्पा र उनका दुईजना साथीहरु गत १८ गते देखि गाक्यो तालमा पौडी खेल्ने क्रममा हराइरहेका थिए । सोलखुम्व जिल्ला प्रशासनले सम्पुर्ण सूरक्षा निकायलाई खवर गरी उद्धारको लागि पहल गरेको थियो ।

तत्काल सगरमाथा राष्ट्रिय निकुञ्जमा तैनाथ समसेर गणका गूल्मपति दिपेन्द्र न्यौपानेको नेतृत्वको नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेको थियो । साउन २३ गते बिहान १०ः४५ जिल्ला प्रशासन सोलखुम्वुको नेतृत्वमा ससस्त्र प्रहरीको गोताखोर टोलीले हराइरहेका एकजना छात्रको शव फेला पारेको हो ।

उनिसगै हराइरहेका पेम्वा दोर्जी शेर्पा र सुनिल वराइलीको अवस्था अझै अज्ञात रहको छ । गुल्मपति न्यौपानेले आफूहरुले खोजी कार्यलाई तीव्रता दिइरहेको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!