रुपन्देही, २३ साउन । प्रदेश ५ को रुपन्देहीमा एक पुलिसले दाईजो नल्याएको भन्दै श्रीमती कुटेका छन् । कानुनको रक्षक एक प्रहरी जवानले दाईजो नल्याएको निहुँमा श्रीमतीलाई निर्घात कूटपीट गरेको घटना यति बेला बाहिरीएको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँ जिल्लामा दरबन्दी भई हाल रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं। १ सिपवा बस्ने लोकेन्द्र नाउले श्रीमती प्रियंका नाउलाई निर्घात कुटेका हुन् ।
पीडितले बुवा ईन्दल नाउले एकलाख नगद सहित एक मोटरसाईकल समेत दिएपनि कम भएको भन्दै श्रीमान,सासु,ससुरा समेत मिलेर सामुहिक कूटपीटपछि घर निकाला गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका सहायक प्रहरी निरीक्षक सन्तोष बूढाथोकीले पीडितले ठाडो उजुरी दिएको पुष्टि गरे । उनले उजरीका आधारमा प्रहरी जवान नाउलाई बोलाएर छलफल गराउँदा निजले गल्ती स्वीकारेको र पुनः नदोहोर्याउँने शर्तमा लिखित कागज गरि श्रीमतीलाई भित्रयाएको जानकारी दिए ।
सप्रसनि बूढाथोकीले दाईजोकै निहुँमा शारिरीक तथा मानसिक यातनाको घटना दोहोरिए मुद्दा प्रक्रिया मार्फत पीडितलाई न्याय दिलाउने प्रतिबद्धता समेत जनाए ।