प्रदेश १ मा थपिए ३९९ कोरोना संक्रमित
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १/१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटन...

























