- संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १/१ जनामा संक्रमण देखिएको हो ।

Advertisement

मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३/३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २/२, कटहरी, रतुवामाई, कानेपोखरीमा १/१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज र बराहक्षेत्रमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै झापाको दमकमा १६, भद्रपुरमा १२, मेचीनगर र विर्तामोडमा ४/४, शिवसताक्षीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा २/२, कचनकवल र कमल गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, धनकुटाको धनकुटा नगरपालिमा ६, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको मिक्लाजुङ, उदयपुरको त्रियुगा र संखुवासभाको खाँदबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!