संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४/४, तेह्रथुममा ३, उदयपुर र संखुवासभामा २/२, पाँचथर, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

Advertisement

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २८, उर्लाबारी र बुढीगंगामा ७/७, पथरीशनिश्चरेमा ५, लेटाङमा २, रंगेली, बेलबारी, मिक्लाजुङ र ग्रामथानमा १/१, झापाको दमकमा १७, शिवसताक्षीमा १६, विर्तामोडमा १३, कनकाईमा ११, अर्जुनधारामा १०, मेचीनगरमा ९, बुद्धशान्तिमा ६, गौरादहमा ५, कमल गाउँपालिकामा ४ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा २९, बराहक्षेत्रमा ५, दुहवीमा ३, रामधुनीमा २, हरिनगर र स्थानीय तह नखुलेका १/१, इलामको देउमाईमा २, रोङ र चुलाचुलीमा १/१, ताप्लेजुङको आठराई त्रिवेणीमा २, श्रीजंगा र मिक्वाखोलामा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, तेह्रथुमको म्याङलुङमा ३, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको चैनपुरमा २, पाँचथरको फिदिम, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!