संगालोखबर सम्वाददाता

झापा । झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–११ बुद्धचौकका ३० बर्षीय मणिकुमार चौधरी छन् ।

Advertisement

लागुऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीका विषयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!