संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जना मृत फेला परेका छन् । स्थानीय बौद्धमान कार्कीको घरका ६ जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

बौद्धमान जीवित छन् । ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की मृत फेला परेको संखुवासभाका प्रहरी प्रवक्ता सुभेष अधिकारीले संगालोखबरलाई बताए । ‘बौद्धमानको घरमा उनी बाहेक ६ जना मृत भेटिएको खबर पाएका छौं,’ प्रहरी प्रवक्ता अधिकारीले भने–‘अहिले प्रहरी टोली घटनास्थल जाँदै छ । प्रहरी पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउँछ ।’

स्थानीयबासीले घटनाको विषयमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!