- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको मिक्लाजुङ्ग गाउँपालिका–६ मा बिजुली बत्ती बनाउँने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २९ बर्षीय दिपक लिम्बु छन् ।

आफ्नै घरमा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि उर्लाबारीस्थित गोदावारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!