विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर महानगरपालिका–१८ खोक्साहाका २८ बर्षीय पप्पुकुमार मण्डल छन् । दिउँसो ११ बजे विराटनगर–१७ स्थित रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लाग्दा मण्डल घाइते भएका थिए । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ईलाका प्रहरी कार्यालय रानीब...
कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन परीक्षण शिविर

कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन परीक्षण शिविर

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरेको छ । काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज निःशुल्क एन्टिजेन परीक्षण शिविर सञ्चालन गरिएको हो । कोरोना संक्रमण बढिरहेको अवस्थामा संक्रमणलाई केही हदसम्म न्यूनीकरण गर्न निःशुल्क एन्टिजेन टेस्ट् क्याम्प गरिएको बैंकले जनाएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन परीक्षण गराउने व्यक्तिक...
सीमा नाकामै कोरोनाविरुद्धको खोप

सीमा नाकामै कोरोनाविरुद्धको खोप

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । “एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप...
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

विराटनगर । आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । आ...
संवैधानिक मुद्दाको सुनुवाइ ‘अनिश्चित’

संवैधानिक मुद्दाको सुनुवाइ ‘अनिश्चित’

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने पहिला टुंगो लगाउन बिहीबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको अन्तरिम आदेशसँगै यस्ता मुद्दाको सुनुवाइ अनिश्चित भएको छ। संवैधानिक परिषद्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले मंसिर र माघमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको थियो। अध्यादेश ल्याएर गरिएको नियुक्तिमा प्रधानन्यायाधीश च...
एमालेमा नयाँ विवाद, दोस्रो पुस्ताका नेता असन्तुष्ट

एमालेमा नयाँ विवाद, दोस्रो पुस्ताका नेता असन्तुष्ट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् । २ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो ...
२०७८ भाद्र १८ गते शुक्रवारको राशिफल

२०७८ भाद्र १८ गते शुक्रवारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर ३ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनवर्सु नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गर...
प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ४४७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ४४७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो । मोरङको ...
ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिम्लेमा आज ढुंगाले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका–१ का ४४ बर्षीय खगप्रसाद तामाङ छन् । दिउँसो साढे १ बजे उनी सानीमा हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठूलो ढुंगा झरेको थियो । ढुंगाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार उनी सोही ...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्याङ गाउँपालिका–५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर छिन् । ओखलढुङ्गा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गंभीर घाइते भएकी थिइन् । स्थानीय मिसन अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढ...
चट्याङ लाग्दा बालकको मृत्यु

चट्याङ लाग्दा बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय बिरेन्द्रप्रसाद चौधरीका १४ बर्षीय छोरा निशान छन् । बुधबार बेलुका ७ बजे उनी घर नजिकै रहेको चौरमा खेलेर फर्कने क्रममा चट्याङ लागेको थियो । अबिरल बर्षासँगै परेको चट्याङ लाग्दा बालक बेहोस भएका थिए । बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिव ९ बजे उनको मृत्यु...
‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

विराटनगर । बलिउड कलाकार तथा ‘बीग बोस’ बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातका कारण ४० बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थले केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी खाएका थिए भन्ने भन्ने नखुलेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार उनको शव अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शवको पोस्टमार्टम गरिनेछ ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज एक हजार २०५ रुपै...
गढीका वडाध्यक्षको निधन, गाउँपालिकामा आज शोक बिदा

गढीका वडाध्यक्षको निधन, गाउँपालिकामा आज शोक बिदा

सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । उनी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्...
घाँस काट्न गएकी १५ वर्षीया बालिका बलात्कृत: एक जना पक्राउ, दुई फरार

घाँस काट्न गएकी १५ वर्षीया बालिका बलात्कृत: एक जना पक्राउ, दुई फरार

रौतहट । रौतहटमा घाँस काट्न गएकी १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् । तीन जना मिलेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् । माधवनारायण नगरपालिका–३ का २५ वर्षीय किशन सहनी पक्राउ परेका हुन् । सहनी र अरु दुई जना मिलेर बालिकालाई घाँस काट्न गएको बेला डर, त्रास देखाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दलित समुदायकी ती बालिकालाई उनीहरुल...
कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ ...
२०७८ भाद्र १७ गते बिहीबारको राशिफल

२०७८ भाद्र १७ गते बिहीबारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर २ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, विष्टि वा भद्रा । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि श...
प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ३८७ जनामा संक्रमण, ३९३ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ३८७ जनामा संक्रमण, ३९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ...
हतियारसहित दुई जना पक्राउ

हतियारसहित दुई जना पक्राउ

  मोरङ । मोरङको कानेपोखरी–६ स्थित शिवालय चोकबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय रुद्र बहादुर क्षेत्री र ४० बर्षीय पूर्ण बहादुर बोहरा छन् । क्षेत्रीको घरमा हतियार लुकाइराखेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्षेत्रीको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
डाक्टर बनिन् जेवा खातुन

डाक्टर बनिन् जेवा खातुन

राजविराज । अभिभावकले हौसला दिए सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन्- सप्तरीकी जेवा खातुन। पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन्। तर खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी छन्। सप्तरीको खड्क नगरपालिका–८ कल्याणपुरकी फिरोज खान र यास्मिन सुल्तानकी छोरी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्त...
दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी  ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी  ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्। गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ...
मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

काठमाडौं । सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार बनेको डेढ महिना पूरा हुँदासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले भने फेरि राजनीतिक दल विभाजनसम्बन्धी नयाँ अध्यादेशअनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिन...
२०७८ भाद्र १६ गते बुधबारको राशिफल

२०७८ भाद्र १६ गते बुधबारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर १ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण दशमी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, वज्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गर...
लेउती खोला बगरका मजदुरलाई खाद्यान्न सामाग्री वितरण

लेउती खोला बगरका मजदुरलाई खाद्यान्न सामाग्री वितरण

धनकुटा । लेउती खोला आसपासमा बसोबास गरी मजदुरी गर्दै आएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना महामारीका कारण र वर्षातको समयमा खोला किनाराको निर्माण सामाग्री उत्खननमा रोक लगाइएपछि रोजगारी गुमाएका मजदुरहरुलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र राईको अगुवाईमा खाद्य सामाग्री उपलव्ध गराइएको हो । रुम्दालीका अनुसार साँगुरीगढी गाँउपालिका वडा नं १, ७ र ६ स्थित लेउती खोला आसपास क्षे...
प्रदेश १ मा थपिए ३८७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३८७ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २/२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १/१ जनामा संक्र...
आफ्नै शरीरमा आगो लगाएर महिलाले गरिन आत्महत्या

आफ्नै शरीरमा आगो लगाएर महिलाले गरिन आत्महत्या

ओखलढुंगा । ओखलढुंगामा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका–७ टोड्केकी ४० बर्षीया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । स्थानीय टोड्के सामुदायिक बनपाखोमा सोमबार उनको शव फेला परेको थियो । उनले शरीरमा डिजेल खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनले आत्महत्या गरेको छेउमा डिजेल प्रय...
सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तरी । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान ६ बजे गरिएको मा...
वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

वर्षा मौसममा स्क्रब टाइफस अत्यधिक फैलने, सतर्क रहन आग्रह

काठमाडौं । स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्...
अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

काठमाडौं । सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन। बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ। यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा ७२.५३...
२०७८ भाद्र १५ गते मंगलवारको राशिफल

२०७८ भाद्र १५ गते मंगलवारको राशिफल

बि.संं २०७८ साल भाद्र १५ गते मंगलबार, ई.सं.२०२१ अगस्ट ३१ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण नवमी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, हर्षण योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६:२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गुँड खाएर ...
error: Content is protected !!