संगालोखबर सम्वाददाता

धनकुटा । सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार गर्न छथर जोरपाटी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि आफ्ना सामुदायिक बिद्यालयहरुमा १ बर्षे करार सम्झौता गर्न थालेको छ । पालिकाले आयोजना गरेको एक कार्यक्रमकाबीच आज प्रधानाध्यापकहरु र शिक्षा विकास तथा समन्वय ईकाइबीच बिद्यालय सुधारका लागि ४० बँदे करार सम्झौता भएको छ ।

Advertisement

त्यस्तै प्रधानाध्यापक र शिक्षकहरुबीच भदौ मसान्त सम्ममा ३२ बुदे सम्झौता गरी असोज १ गतेबाट बिद्यालयहरुमा लागु गर्नेगरी सम्झौता भएको छ । शिक्षा समन्वय इकाइका प्रमुख मोहन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष सेरबहादुर लिम्बूको रोहवरमा प्रधानाध्यापकहरुले शिक्षा विकास शाखासँग ४० बँदे सम्झौता गरेका हुन् ।

पालिकाको शिक्षा ऐन २०७५ को परिच्छेद ५ को नियम ३० बमोजिम लागु गरिएको उक्त कार्यक्रम पालिकाले २०७५ सालबाट शुरु गरेको शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले जानकारी दिइन् । २८ सामुदायिक बिद्यालय रहेको पालिकामा रहेका ७ संस्थागत बिद्यालयहरुमा पनि उक्त कार्यक्रम लागु गर्ने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!