दशकसम्म पनि बनेन विराटनगरको ३ किलोमिटर सडक, फेरि विरोधमा उत्रिए स्थानीय
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित जामुनगाछीका बासिन्दाले आइतबार हुलाकी सडक खण्ड बन्द गरेका छन् । गणेश चोकदेखि केसलिया खोलासम्मको सडकमा ठाउँठाउँमा बाँस तेर्स्याएर सवारी साधन आवागमनमा अवरोध गरेका हुन् ।
लामो समयदेखि सडक र नाला नबन्दा समस्या भोग्न बाध्य भएको भन्दै स्थानीयले अनिश्चितकालका लागि सडक अबरुद्ध गरेको बताएका छन् । बिगतमा नेता बहिष्कार अभियान सञ्चालनसँगै चाँडो सडक निर्...






























