संगालोखबर सम्बाददाता

विराटनगर। मोरङको उर्लाबारी–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत मोरङले पूपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा पक्राउ परेका रतुवामाई–१० का मेहरमान दर्जीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

Advertisement

बिहिबार थुनछेक बहसपछि अदालतले दर्जीलाई थुनामा पठाउन र अर्का आरोपी उर्लाबारी–७ का कुमार राईलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटीमा छुटेका राई स्थानीय सौरभी होटलका सञ्चालक हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा राई र दर्जीलाई पक्राउ गरेर उदालतमा उपस्थित गराएको थियो ।

पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रविण बिहान अचेत अवस्थामा भेटिएका थिए । त्यसको भोलिपल्ट पुस ५ गते बिहान डाक्टरले उनलाई मृत घोषित गरेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई यसअघि नै पक्राउ गरेको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयको आदेशमा उनीहरु छुटेका थिए ।

घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै मृतकका परिवार तथा आफन्तसहित पीडित पक्ष विरोधमा उत्रिएपछि सरकारी वकिल कार्यालयले मंगलबार मुद्दा दायर गरेको छ । घटनामा संलग्न अन्य चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!