
मोरङ । मोरङमा माटोको ढिस्कोले पुर्दा आज एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । माटोको ढिस्कोले पुरेर सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमकी २० बर्षीया बन्सुगिया यादवको मृत्यु भएको हो ।
दिउँसो करिव साढे १ बजे सुनवर्षी–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा ढिस्कोले पुरेर बन्सुगियाको घटनास्थलमै मृत्यु भएका हो । उनीसँगै गएका ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादवसमेत घाईते भएका छन् । रंगेली अस्पतालमा उनीहरुको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।















