संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ईलाम । ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । ईलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित सुर्योदय–१० का २३ बर्षीय दियोग राई, देउमाई–४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षीय अनिल लिम्बु पक्राउ परेका हुन् ।

बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको टोलीले ७५० मिलिग्राम ब्राउन सुगर, स्टिलको प्लेट १ थान, नेपाली ५ रुपैयाँको नोट ३ थान र लागुऔषध सेवन गर्ने ढुङग्रोसहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!