
विराटनगर । विराटनगरस्थित औषधी व्यवस्था विभाग कार्यालयमा कार्यरत मेडिकल सुपरभाइजर सरोज सुवेदी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सुपरभाइजर सुवेदीलाई पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–३ दुधफारमको भट्टराई होटलबाट घुस लिएको दुई लाख रकमसहित सुवेदीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने भनेर सुपरभाइजर सुवेदीले घुस लिएको बताइएको छ ।















