संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको छैठौं नगर सभा सोमबारबाट सुरु भएको छ । नगर सभाले कार्यक्रम संसोधन/रकमान्तर, राजश्व र कार्यपालिका बैठकहरुका निर्णय पारित गरेको छ ।

Advertisement

चालु आर्थिक बर्ष २०७७/०७८ का लागि स्वीकृत बार्षिक कार्यक्रम मध्ये २५ वटा कार्यक्रमको ८९ लाख ७७ हजार बजेटलाई ९ वटा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट रकमान्तर गरी संसोधन गरिएको छ । सभामा सभाध्यक्ष एवं नगर प्रमुख पर्शुराम नेपालले कार्यक्रम संसोधन तथा रकमान्तर प्रस्तुत गर्न नगरका उप–प्रमुख मञ्जु कुमारी कार्कीलाई अनुमति दिएका थिए । उप–प्रमुख कार्कीले प्रस्तुत गरेको संसोधन तथा रकमान्तर प्रस्ताव नगर सभाले सर्वसम्मत पारित गरेको हो । त्यस्तै नगरपालिकाको अर्थ सम्बन्धि विधेयक २०७७/०७८ सँग बाझिने नगरपालिकाका अन्य ऐनहरु बाझिएको हकसम्म बदर हुने र उक्त बिषयहरु नगरको अर्थसम्बधि विधेयक बमोजिम हुने निर्णय नगरसभाले पारित गरेको छ ।

चालु आर्थिक बर्षको हालसम्म नगर कार्यपालिकाको ११ वटा बैठकले गरेका १३८ वटा निर्णयहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ । बिभिन्न निर्णय पारित गरेपछि नगर प्रमुख एवं सभाध्यक्ष नेपालले नगरसभाको बैठक आगामी फागुन २९ गते पुनः बस्ने गरी स्थगित गरेको घोषणा गरेका छन् ।

महालक्ष्मीको आफ्नै लोगो सार्वजनिक
महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । धनकुटा जिल्लाका सात वटै स्थानीय पालिका मध्ये महालक्ष्मी नगरले पहिलो पटक आफ्नै लोगो प्रयोगमा ल्याउँन लागेको हो ।

नगरको छैठौं नगर सभाले लोगो अनुमोदन तथा सार्वजनिक गर्ने निर्णय पारित गरेको छ । महालक्ष्मी नगरपालिकाको नक्साभित्र निर्माण गरिएको लोगोमा स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने बिषय समावेश गरिएको नगर प्रमुख नेपालले जानकारी दिए । ‘महालक्ष्मीको आफ्नै लोगो सार्वजनिक गरेका छौं । अब नगरले यही लोगो प्रयोगमा ल्याउँछ,’ नगर प्रमुख नेपालले भने–‘नगरपालिका स्थानीय सरकार भएकाले स्थानीय सरकारको आफ्नै लोगो प्रयोग गर्न लागेका हौ ।’

नगरपालिकाको लेटरप्याडसहित नगरका बिभिन्न गतिबिधिमा नगरको आफ्नै लोगो प्रयोगमा ल्याइने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!